परीक्षा दिंदादिंदै छोरा !

दाङ, १४ चैत । दाङको देउखुरी स्थित जनता उच्चमाध्यमिक बिद्यालय गढवा सेन्टरमा परीक्षा दिइरहेकी छात्रा जुगमाया चौधरीले छोरा जन्माएकी छिन् ।
माध्यमिक बिद्यालय चैनपुरकी विद्यार्थी चौधरी आज जनसंख्या विषयको परीक्षा दिनको लागि परिक्षा हलमा गएकी थिइन् । परीक्षा दिंदादिंदै चौधरीलाईर्  सुत्केरी ब्यथा लागेपछि  विद्यालयले एम्बुलेन्स बोलाई प्राथमिक स्वास्थ्यकेन्द्र लैजाने ब्यावस्था मिलाएको थियो । स्वास्थ केन्द्र लैजांदालैजांदै एम्बुलेन्स भित्रै छोरा जन्माएकी हुन् ।
अहिले उनले बिद्यालय प्राङणमा एम्बुलेन्स भित्र नै बसेर परीक्षा दिइरहेकी शिक्षक जगतराम यादवले जानकारी दिए । चौधरीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्र जानकारी दिएको छ । सुत्केरी छात्रा चौधरीले छोरासंगै बसेर परीक्षा दिन पाएकोमा आफुलाई खुसी लागेको बताएकी छन् ।

प्रतिक्रिया