भद्रगोल जेठो विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभागमा पढ्ने विद्यार्थी छैनन् । शून्य विद्यार्थी सङ्ख्या रहेको यस विभागमा प्राध्यापक र कर्मचारी भने छन् । विद्यार्थी नभएको यस विभागमा चारजना प्राध्यापक र दुईजना कर्मचारी कार्यरत रहेको यथार्थ खुल्न आएको छ । ती भाग्यमानी प्राध्यापक र कर्मचारीको हाजिर गरेको भरमा तलब–भत्ता पाक्छ । र, उनीहरूले कुनै काम गर्नु पर्दैन । विद्यार्थी नभए पनि विभागीय प्रमुख नियुक्त हुन्छन् । कर्मचारी सरुवा बढुवाको प्रक्रिया पनि रोकिदैन । वहीखाता, स्रेस्ता र विश्वविद्यालयको अभिलेखमा विद्यार्थी नै नभएको विभागमा प्राध्यापक र कर्मचारी भएको प्रमाण पाइन्छन् । यो आफैमा एउटा विडम्बना हो । आर्थिक अभावको भुमरीमा निसास्सिइरहेको देशकै पुरानो र प्रतिष्ठित विश्वविद्यालयले विद्यार्थी नै नभएको विभागका लागि प्राध्यापक र कर्मचारी किन नियुक्ति गर्‍यो र कदाचित अनुचित तरिकाले विगतमा त्यस्तो कार्य भएको थियो भने किन त्यस्ता विभाग बन्द गरिएन भन्ने प्रश्नको उत्तर विश्वविद्यालयका कुलपति, उपकुलपति लगायतका पदाधिकारीले दिनैपर्छ ।
त्रिविलाई अदूरदर्शी राजनीतिक नेतृत्वले ध्वस्त बनाउदै आएको छ । मुलुकका अन्य विश्वविद्यालय प्रतिस्पर्धीकारूपमा आइसकेपछि पनि त्रिविले आफूलाई समयअनुकूल परिवर्तन गर्न सकेन, जसले गर्दा त्यहा विकृति पनि फैलदै गए । त्रिवि प्रशासन स्वयंले सच्याउन सक्ने थुप्रै त्रुटि पनि विद्यमान छन् । तिनैमध्येको एउटा विसङ्गति हो संस्कृत केन्द्रीय विभाग,जसको प्रयोजन विद्यार्थी भर्ना नभएपछि समाप्त भएको थियो । तर, त्यसलाई यथावत् राखेर कामै नगरी केही व्यक्तिलाई तलब खुवाउने काम गरि“दै छ । यो गम्भीर आर्थिक र नैतिक अपराध हो । यसमा सही ठोक्ने जति अपराधी हुन् त्यसभन्दा ठूला अपराधी त तिनलाई संरक्षण दिनेहरू हुन् । तिनले कदाचित छुट पाउनु हुन्न । त्रिविमा विद्यार्थीभन्दा प्राध्यापक धेरै भएका केन्द्रीय विभाग थुप्रै छन् । त्यहा करोडौं खर्च भइरहेको छ । त्यस्ता विभागलाई नीति बनाएरै भए पनि गाभ्ने वा बन्द गर्ने अभियान त्रिविले चलाउनुपर्छ, किनभने यस विद्यालयसग गरिब जनताका छोराछोरीको भविष्य गासिएको छ । नीतिहीन तरिकाले अनुत्पादकरूपमा खर्च गर्दा त्रिवि आफै“ धराशायी हुन सक्छ । यो नेपालको पहिलो ऐतिहासिक विश्वविद्यालय अहिले गरिब पढ्ने विश्वविद्यालयका रूपमा चिनिन थालेको छ । त्यसकारण यो विश्वविद्यालय आर्थिक, भौतिक तथा नीतिगतरूपले पनि सम्पन्न हुनु जरुरी छ ।
त्रिविले आफूलाई सच्याउने ठाउ थुप्रै छन् । राजनीतिक दबाब, विद्यार्थी दबाब, प्राध्यापक दबाब तथा कर्मचारी दबाबको सामना गर्न नसकेर अनुत्पादक क्षेत्रमा गरिएको खर्च नीति बनाएर उत्पादक क्षेत्रमा लगाउनुपर्छ । समयअनुसार आफूलाई परिवर्तन गरेर विद्यार्थी आकर्षित गर्ने कार्यको थालनी हुनुपर्छ । साथै त्रिविसभाले वास्तविकतामा आधारित समयसापेक्ष नीति निर्माण गरेर त्रिविलाई गतिमान बनाउने अभियान थाल्नुपर्छ, जसले संस्कृत केन्द्रीय विभाग, मानविकी सङ्कायतर्फका विद्यार्थी नभएका अन्य विभाग लगायतमा भइरहेका खर्च स्वतः रोकिनेछ । उच्च शिक्षा आर्जन गर्ने थालेमा यस्ता अनियमित गतिविधि र अनुत्पादक खर्च टुलुटुलु हेरेर कोही प्रज्ञावान् व्यक्ति बस्छ भने ऊ पनि यस्ता अपराधको मतियार हो । प्रधानमन्त्री कुलपति, शिक्षामन्त्री सहकुलपति र विशिष्ट प्राज्ञिक हैसियतका व्यक्ति उपकुलपति रहने त्रिविले सबैलाई पाच्य हुने र अनुकरण गर्न लायकका काम गर्नुपर्छ । यदि विश्वविद्यालयलाई सच्याउन त्यहा“को प्रशासन र त्रिवि सभाले सक्दैनन् भने यसले सरकारस“ग हारगुहार गर्नुपर्छ, किनकि यस विश्वविद्यालयलाई सरकारले अनुदान दिएको छ । यो अनुदान जनताले तिरेको करबाट प्राप्त भएको हो ।

प्रतिक्रिया