सहमति भए संविधानसभाको म्याद थप हुन्छ

काठमाडौ, १३ चैत । संबैधानिक समितिका सभापति नीलाम्बर आचार्यले सर्वोच्च अदालतले मुलुकलाई संकटमा फसाउने गरी बन्धक नबनाउने विश्वास ब्यक्त गरेरका छन् । उनले संविधानसभाको म्याद थप्न मार्ग प्रसस्त हुने संकेत पाएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा सभापति आचार्यले भने, ‘राज्यका अंगहरुले मुलुकलाई संकटमा पर्न दिनै सक्दैनन ।’ सर्वोच्च अदालतपनि राज्यको एक अंग रहेको भन्दै आर्चायले राजनीतिक शक्ति एक भएर सहमति गरे जे  पनि हुन सक्ने बताए ।

उनले भने, ‘संविधान सभाको म्यादपनि थपिन सक्छ ।’

उनले यथास्थितिमा जेठ १४ गते संविधान जारी हुनै नसक्ने ठोकुवा गरेका छन् । उनले यथास्थितिमा अब संविधान निर्माणको स्थितिमा परिवर्तन ल्याउने कि मुलुकलाई संकटमा धकेल्ने हो भन्ने जिम्मा तीन दलले लिनु पर्ने बताएका छन् ।

उनले संविधान निर्माणको विकल्प नसोच्न आग्रह गरेका छन् । उनले विकल्पमा प्रस्तुत भएको निर्वाचन सामान्य अवस्थामा बाहेक सम्भव नै नरहेको दावी गरे ।

प्रतिक्रिया