चारखुट्टे कुखुरो

चाङ्गसा, तियान सियाओयिङ नाम गरेकी चिनिया नागरिकले गत साता सुपरमार्केटबाट एउटा चिकेन किनेर ल्याइन् । झोला खोलेर निकाल्दा त्यसका चारवटा खुट्टा देखेपछि उनी तीनछक परिन् । हुनान प्रान्तको राजधानी चाङ्गसा निवासी उनलाई चारखुट्टे कुखुरोको मासु खान दिगदिग लाग्यो । उनले चिकेन खाइनन् र डस्टबिनमा फाल्ने निधो गरिन् ।
चिनिया“ दैनिक पत्रिका ‘चाइना डेली’ का अनुसार चारखुट्टे कुखुरा कहा“बाट सुपरमार्केटमा आइपुग्यो भन्ने पत्तँ लागिसकेको छैन । तर, सुपरमार्केट र चिकेन उपलब्ध गराउने फर्म दुवैले यस विषयमा अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चारखुट्टे कुखुरो पाइएको यो पहिलो घटना भने होइन । सन् २००५ मा अमेरिकामा रहेको एउटा फर्ममा चारखुट्टे कुखुरो पाइएको थियो ।
विज्ञका अनुसार चारवटा खुट्टा भएको कुखुरा जन्मिनुका विभिन्न कारणमध्ये रेडियोधर्मी किरणको प्रभाव मुख्य हो । यस्तो किरणले कुखुराको भ्रूणलाई असर गर्छ र कुखुराको शरीरमा असामान्य परिवर्तन देखापर्छ । यस्ता कुखुराको मासु खानाले स्वास्थ्यलाई नराम्रो नगर्ने विज्ञ बताउ“छन् । (एजेन्सी)

प्रतिक्रिया