असी वर्षपछि स्नातकोपाधि

कोलकाताः स्वतन्त्रता आन्दोलनको क्रममा बेलायती उपनिवेशवादविरुद्ध हतियार उठाएका दुईजना बङ्गाली छात्रालाई कोलकाता विश्वविद्यालयले ८० वर्षपछि स्नातकको प्रमाणपत्र दिएको छ ।
कोलकाता विश्वविद्यालयको वाषिर्क उत्सव समारोहमा प्रीतिलता वाडेदार र बीना दासलाई त्यसरी स्नातक उपाधि दिइएको हो । वाडेदारले सन् १९३२ मा तत्कालीन बेलायती सत्ताविरुद्ध सशस्त्र सङ्घर्षमा भाग लिएकी थिइन् र पछि गिरफ्तारीबाट बच्न उनले आत्महत्या गरेकी थिइन् । दास भने त्यतिबेला पक्राउ परेकी थिइन् ।  उनले विश्वविद्यालयको दीक्षान्त समारोहमा बेलायती चान्सलरको हत्या गर्ने प्रयास गरेकी थिइन् । उनलाई पनि त्यही दीक्षान्त समारोहमा उपाधि दिइने कार्यक्रम थियो ।

प्रतिक्रिया