उद्गमसँगै फर्किए सञ्जु


काठमाडौँ : पहिलो एल्बम उद्गम ल्याएको आठ वर्षपछि गायक तथा सङ्गीतकार सञ्जु अमात्य सोही एल्बमको दोस्रो भाग लिएर दर्शकश्रोतामाझ आएका छन् । पेसाले व्यापारी उनले पछिल्लो एल्बमको नाम उद्गम भाग-२ राखेका छन् । नवराज ढकालसंँग सङ्गीत सिकेका उनले दुईवटा चलचित्रमा स्वर पनि दिएका छन् । सङ्गीत आफ्नो रुचि भएकाले यस क्षेत्रमा निकै सङ्घर्ष गरेको उनी सुनाउँछन् । उनी गायन अनि सङ्गीतसँगै शब्द रचना पनि आफँैं गर्छन् । यो एल्बममा चाहिँ किरण खरेलको शब्द पनि उनले समेटेका छन् ।

 

 
शेर्पाली गीत


काठमाडौँ : गायक दोर्जी लामा शेर्पाली पपगीतहरुको एल्बम टासी देलेक लिएर बजारमा आएका छन् । पाँच गीत समेटिएको एल्बममा छिरिङलाई सो, हिमहेम, सोलु ने, हे जेमा बोलका गीत छन् । आङ्निमा शेर्पाको शब्द तथा सङ्गीत रहेको एल्बमका सबै गीत शेर्पा भाषामै छन् । गायक दोर्जी भन्छन्- ‘शेर्पा भाषाका सङ्गीतप्रेमीलाई मौलिकताको अनुभूति गराउने र सङ्गीत क्षेत्रमा केही गर्ने उद्देश्यले यो एल्बम बजारमा ल्याएको हुँ ।’

प्रतिक्रिया