गिरिजाबाबुले भन्नुभयो,“हतियारको जिम्मा तिमीलाई”

धरानका ‘लाहुरे’ लोकबहादुर गुरुङ (एल.बी) बिपी कोइरालाको भाषणबाट प्रभावित भएर आन्दोलनमा होमिए । ०२५ सालमा धरानमा बिपीको भाषण सुनेपछि ब्रिटिस सेनाको जागिर चटक्क छाडेर क्रान्तिमा लागे उनी । ०३१ सालमा सोलुखुम्बूको टिमुरबोटे काण्डका प्रमुखसमेत रहेका गुरुङ बिपी र गिरिजाप्रसाद कोइरालाका ‘प्रिय मान्छे’ थिए । नेपाली कांग्रेस वृत्तमा ‘जिउँदो सहिद’का रूपमा परिचित छन् उनी । गिरिजाप्रसाद कोइरालासँग कसरी हतियार सङ्कलन गरे ? टिमुरबोटे काण्डमा खास के भएको थियो ? उनको स्मृतिः

०२४ सालमा सुन्दरीजल जेलबाट बिपी कोइराला छुट्नुभएको रहेछ । यसबेला म ब्रिटिस सेनामा कार्यरत थिए । छुट्टीमा घर (धरान) आएको थिए । बिपी जेलबाट छुटेलगत्तै धरानमा आएर भाषण गर्नुभयो । त्यो जेलबाट छुटेपछिको पहिलो भाषण थियो बिपीको ।  म उहाको भाषणबाट असाध्यै प्रभावित भए । उहाको कार्यक्रम विराटनगरमा पनि थियो । भाषण सुन्नकै लागि विराटनगर पनि गए । बिपीको भाषण सुनेपछि म निष्कर्षमा पुगे, ‘अब पल्टन फर्कन्न । देशका लागि केही गर्छु ।’ मैले विराटनगरमा गिरिजाप्रसाद कोइरालासग पार्टीको सदस्यता लिए । बिपी र गिरिजाबाबुसगै आन्दोलनमा पूर्णकालीन भए ।
बिपी कोइरालाले ०२५ सालमा क्रान्तिको आह्वान गर्नुभयो । उहाले भन्नुभयो, ‘मुलुकमा प्रजातन्त्र स्थापनाका लागि मात्रै क्रान्ति हो ।’ तर, कस्तो क्रान्ति, केही खुलाउनु भएन । ‘देशमा प्रजातन्त्रको आवश्यकता छ, त्यसका लागि जस्तोसुकै तयारी गर्न म तयार छु’ उहाले भन्नुभएको थियो । पछि गिरिजाप्रसाद कोइरालाको दबाबपछि आन्दोलन सशस्त्र क्रान्तिमा परिणत भयो  । तर, हतियारविना सशस्त्र सम्भव थिएन ।  गिरिजाबाबु हतियार सङ्कलनमा लाग्नुभयो । हतियार सङ्कलनमा मैले उहालाई साथ दिए । ००७ साल अघिका केही हतियार पनि रहेछन् गिरिजाबाबुसग । गिरिजाबाबुले मलाई नसोधी कुनै हतियार किन्नुभएन । हतियार किन्नुअघि सोध्नु हुन्थ्यो, ‘कस्ता हतियार चाहिन्छन् ?’ हामी हतियार सङ्कलनको काममा लाग्यौ । पछि गिरिजाबाबुले मलाई हतियारको सबै जिम्मा दिनुभयो । उहाले भन्नुभयो, ‘हतियारको जिम्मा तिमीलाई ।’ हतियारको व्यवस्थापन सबै मैले गर्नुपथ्र्यो । मेरो अनुपस्थितिमा महेश कोर्माेचालाई हतियार व्यवस्थापनको जिम्मा दिनुभएको थियो ।
मैले चन्द्रघाटीका डाकासग समेत मिलेर हतियार जुटाएको थिए । हतियार ल्याउनका लागि मैले उनीहरूलाई तालिमसमेत दिए । बनारस र कोलकाताका मुस्लिम र डाकाहरूसग पनि सम्पर्क हुन्थ्यो मेरो । उनीहरूले नया हतियार ल्याएपछि मसग तालिमका लागि लिन आउथे । हतियार चलाउन जान्ने भएपछि हामीलाई उनीहरूसग भएको पुरानो हतियार दिएर जान्थे । तालिम दिन त जान्थे तर उनीहरूले मलाई कहा लैजान्थे ? पत्तो हुदैनथ्यो । आखामा पट्टीबाधेर मलाई दुई घन्टा घोडामा लैजान्थे । गाउ नजिकैको जङ्गलमा रहेको ओडारमुनि तालिम दिने ठाउ थियो । पानी, बत्तीदेखि सबैको राम्रो व्यवस्था थियो । एक हप्तादेखि दस दिनसम्म तालिम दिन्थे । तालिम सकिएपछि मलाई पहिलेको ठाउमा ल्याइदिन्थे ।
कोलकातामा हतियारको धन्दा गर्नेले पुलिसलाई छक्याउदै हामीलाई हतियार दिन्थे । उनीहरूले माछा बेच्न आएको जस्तो गरेर हतियार ‘सप्लाई’ गर्थे । माछा राख्ने टोकरीको तल हतियार राख्ने र माथि माछा गरेर, त्यहाका पुलिसलाई धेरै छक्याउथे । एक दिन हतियारको धन्दा गर्नेले ‘हामीलाई कोलकाताको हौडानजिक हतियार लिन आऊ’ भने, म, सुरेश कोइराला र बाबु (गिरिजाप्रसाद कोइरालाको साला) गयौ । तर, कुरा मिलेको रहेनछ । उनीहरूले हामीलाई दुईवटा ग्रिनेट हाने । संयोगले हामी बसेको ठाउमा परेन । बालबालले बाच्यौ ।
त्यसबेला पनि एउटा बुलेटका लागि धेरै बार्गेनिङ हुन्थ्यो । थ्रिनट थ्रीको एउटा बुलेटको भारतीय रुपिया दुईदेखि पाच पर्दथ्यो । नाइन प्वाइन्ट नाइनको पनि त्यस्तै लिन्थे । एक दिन बुलेट किन्ने विषयमा बाबु र मेरो कोलकतामा झगडा नै परेको थियो । बाबुले भारतीय चारदेखि पाच रुपिया तिरेर बुलेट लिन लागेका रहेछन् । मैले दुई–तीनभन्दा बढी किन तिर्ने भनेर हुन्न भने । पछि उनी सहमतिमा आए । हतियार सङ्कलन गर्ने क्रममा म आर्मीको क्याम्प भएको ठाउमा जान्थे । उनीहरूले हल्काफुल्का पैसा लगेर ३६ नम्बरको ग्रिनेट र हतियार बच्थे । हतियारकै लागि कहिले आसाम, कहिले मुम्बई पुगेको हुन्थे म । म कोलकातामा थिए, गिरिजाबाबुको पटनाबाट ट्रङ्कल (फोन) आयो । उहा“ले भन्नुभयो, ‘तिमी तुरुन्त आऊ ।’ म रातारात गरेर गए । पटना पुग्दा बिहानको आठ बजेको थियो । उहाले भन्नुभयो, ‘साथीहरू तिमीलाई पर्खेर बसिरहेका छन् अब ‘एक्सन’मा जानुप¥र्यो ।’ मैले भने“, ‘गिरिजाबाबु के भन्दै हुनुहन्छ ?’ ‘होइन, अब जानुपर्‍यो,’ उहाले भन्नुभयो । मैले सर्त राखे, ‘अब मरिन्छ कि बाचिन्छ, केटाकेटी नभेटेको धेरै भयो, उनीहरूलाई नभेटी जान्न ।’ तर, उहाले रिसाएर  भन्नुभयो, ‘ल छिटो गएर आऊ ।’
घर पुगेर फर्कंदा सबै साथी हिडिसकेका रहेछन् । गोपाल राई र क्याप्टेन यज्ञबहादुर थापा चाहि मलाई कुरेर बसेका रहेछन् । म पुगेपछि हामी चन्दनपाटीका लागि हिड्यौ । हतार गरेर ट्रेनबाट ओर्लंदा गोपालको खुट्टा नै मर्कियो । मैले रातो ब्याग बोकेको थिए । गोपालले मेरो ब्याग भनेर ल्याएको अर्कैको ब्याग पो ल्याएछ । डायरीसहित विभिन्न कागजात भएको मेरो ब्याग ट्रेनमा नै छुट्यो । चन्दनपाटी पुग्दा बिहानको करिब पौने आठ भएको थियो । दिनभरि त्यही बस्यौ । रातिको दुई बजे फेरि ट्रेन चढेर दरभङ्गाका लागि हि“ड्यौ । त्यहा“बाट पनि टे«न फेरेर हामी जयनगरका लागि हिड्यौ । जयनगर हिड्नुअघि हामीसग भएका ५१, ५२ जना साथीलाई चार समूहमा विभाजन गर्‍यौ । टे«नमा पनि स“गै नबस्ने योजना बनायौ । मधुवनीबाट झर्दै जाने र आङ्खनो तरिकाले बस्नेखाने सल्लाह भयो । म र यज्ञबहादुर थापा जयनगरमा झर्नुपर्ने भयो । साझ एकजना मान्छे हामीलाई लिन आयो । हामी साढे साततिर उसको पछि लागेर गयौ । सबैलाई हतियार दिए । हामी हतियार लिएर ओखलढुङ्गातिर लाग्यौ । तर, गोपाल राई छुटे । अरू दुई साथी पनि ‘झोला छिन्यो’ भन्दै पछि बसे । उनीहरू आउ“छु त भन्छन्, तर, आउदैनन् । मलाई शङ्का लागिसकेको थियो । सबै टोलीलाई पर्खन खबर गरियो । म फर्केर तलसम्म हेर्न गए, उनीहरू त भागिसकेछन् । हामीसग भएको दुईमध्ये एउटा ‘ओकेटोके’ भाग्ने साथीसग र अर्को मसग । उनीहरूसग त हामी सबैको कहा खाना खाने कहा बस्ने भन्ने योजनासहितको ‘म्याप’ पनि थियो । उनीहरूले बस्ने खाने योजनासहितको ‘म्याप’ चाहि चौबाटोमा हतियारले थिचेर छाडिदिएछन् । ग्रिनेट रहरबारीमा फालिदिएछन् । भोलिपल्ट बिहान ग्रिनेट बच्चाहरूले खेल्दा पड्किएछ । ग्रिनेट पड्किएपछि सबैतिर हल्ला भयो । हतियार र योजनासहितको म्याप पनि पुलिसले पायो । यसपछि विराटनगर र काठमाडौबाट हेलिकोप्टरबाट आर्मी ओसारिएछ । हामी ओखलढुङ्गा पुग्दा रुम्जाटार सेनाले भरिइसकेको रहेछ । घेराबन्दीमा परिसकेका रहेछौ हामी ।
हामी टिम्बुरबोटे पुग्दा जम्मा १८ जना मात्र भयौ । दुईवटा ओडारमा दुई दिन बस्यौ हामी । रुम्जाटारमा आर्मीले भरिएपछि ०३१ पुस १ मा सोलुखुम्बु आक्रमण गर्ने योजना बनायौ । समूह विभाजन गर्‍यौ । जेलगार्डमा सात जनालाई खटायौ । राम, लक्ष्मण र म सिडियो निवासमा जाने भयौ । ठानामा यज्ञबहादुरले नेतृत्व गर्ने तर सबैले एकैसाथ आक्रमण गर्ने सल्लाह भयो । मङ्सिर मसान्तको दिन दिउसो चार बजेको थियो । शम्शेरबहादुर भन्ने साथीले हामीलाई खाना लिएर आए । उनले डालामा मकैको भात र साग उसिनेर ल्याएका रहेछन् । आक्रमणको बारेमा उसले भन्यो, ‘स्थानीय साथीहरू नभइकन आक्रमण गर्न गाह्रो हुन्छ म बिहान चार बजे अरू साथीहरू पनि लिएर आउछु ।’ त्यसपछि मात्र ‘एक्सन’ जाने कुरा भयो । यज्ञबहादुरले पनि त्यसै गरौ भने ।
शम्शेरलाई जाने बेलामा भारु पाच हजार रुपिया दिएर भन्यौ, ‘एक्सनमा गएपछि मरिन्छ या बा“चिन्छ, भोलिको भात पनि मिठै खाऔ, एउटा खसी पनि ल्याएर बनाऔ । मकैको सातु घिउमा मोलेर लिएर आउन पनि भन्यौ । उसले हुन्छ भन्यो । राति पानी पर्‍यो र हिउ पनि । चिसोबाट जोगिन राति ओडारमा तीन ठाउमा आगो बालेर बस्यौ । बिहान साढे चार बजेतिर एक्कासि हामी बसेको ओडारमा ग्रिनेटको वर्षा हुन थाल्यो । केही साथी ढलिहाले, हामी बिहान आठ बजेसम्म लड्यौ । त्यसबेलासम्म हामी चार कि पाचजना मात्रै बाकी थियौ । त्यसपछि हामी भाग्यौ । बाच्न लेखेकाले होला हिउ परेकाले हामीलाई सजिलो भयो । हिउमा चिप्लिएर पाच सय मिटर जति तल पुगे । तल कृष्णप्रसाद लिम्बू भेटे । उसको ग्रिनेटले आखा फुटेको रहेछ । उसले भन्यो, ‘सके मलाई पनि बचाऊ नसके तिमी मात्र भए पनि बाच ।’
यसपछि उसलाई डोर्‍याएर म अघि बढे । ठाडे भन्ने ठाउमा पुगेपछि पुलिसको टोलीसग फेरि मेरो जम्काभेट भयो । पुलिसले खेद्न थाल्यो । कृष्ण त्यही ढले, म भागे । उनी त्यही मारिएछन् । म भाग्दै–भाग्दै रुम्जाटार आङ्खनो घरमा पुगे । घरमा पनि पुलिसले छापा मार्‍यो । म आइमाईको लुगा लगाएर भागे“ । लुकेर एक महिना बिताए । २ माघमा म घरबाट बनारसको लागि हिडे । ज्योतिघाट पौडेर तरे । दिनभरि जङ्गलमा बस्दै राति हिड्दै सीमा पार गरे र बनारस पुगे । बनारस पुग्दा त महेश कोर्मोचा त बिपीलाई भेट्न पुगिसकेको रहेछ । उसले आफू मात्र बाचेर आएको बताएछ । म पुगेपछि उसको कुराले फेल खायो । बिपीले सबै जानकारी मागेपछि मैले १८ पेज लामो प्रतिवेदन बुझाएको थिए । तर, त्यो कहा पुग्यो थाहा छैन । महेशले आफूलाई जिउदो सहिद भन्दै हि“डेका थिए । तर, ओखलढुङ्गाको कार्यक्रममा मैले भनिदिए ‘महेश जिउदो सहिद होइन अलिअलि भन्न मिले एलबी हो ।’ त्यसपछि उनलाई जिउ“दो सहिद भन्न छाडियो ।
प्रस्तुतिः बालकृष्ण अधिकारी

प्रतिक्रिया