उत्तीर्ण नभएपछि त्रिविमा तोडफोड

काठमाडौं, १० चैत । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रिय विभागको भवनमा आज विद्यार्थीले तोडफोड गरेर क्षति पुराएका छन् ।

व्यवस्थापन संकायको स्नातकोत्तर तह प्रथम बर्षको रिजल्टमा थोरै विद्यार्थी उत्तीर्ण भएको तथा मार्कसिट दिन पनि ढिला गरेको आरोपमा विद्यार्थीले तोडफोड गरेका हुन् ।

विद्यार्थीको तोडफोडबाट क्याम्पसको पहिलो र दोस्रो तलका झ्यालका सिसा र केही कुर्सीमा क्षति पुगेको छ । भवनमा तोडफोड भएपछि प्रहरीले सुरक्षा दिएको छ ।

स्रोतका अनुसार पाँच सय चालिसले परीक्षा दिएकोमा ९६ जना परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए ।

प्रतिक्रिया