वैद्य समुहको मोर्चाबन्दी घोषणा

काठमाडौं, १० चैत । एकीकृत माओवादीको वैद्य समुहको नेतृत्वमा गठन भएको संयुक्त राष्ट्रिय जनआन्दोलन समितिले राष्ट्रियता संकटमा पर्न लागेको भन्दै सडक संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा आज पत्रकार सम्मेलन गरी संयुक्त मोर्चाको तर्फबाट आन्दोलन चर्काउने जानकारी दिईएको हो । समितिमा १२ वटा पार्टी तथा संगठनहरु संलग्न छन् ।

सिपी गजुरेलको संयोजकत्वमा गठित समितिमा मातृका यादवको नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायत १२ वटा साना पार्टी रहेका छन् । समितिले आगामी चैत्र १८ गतेदेखि ३० गते सम्मका कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया