टेभेजको उपस्थितिमा सिटीको जित

लन्डन, ९ चैत । कार्लोस टेभेजको सफल पुनरागमनसँगै म्यानचेस्टर सिटीले इङलिस पि्रमियरसिपको उपाधिको आशा ब्युँतिएको छ । टेभेजले उपलब्ध गराएको बलमा समिर नास्रीले निणर्ायक गोल गरेपछि सिटीले चेल्सीलाई २-१ ले पराजित गर्‍यो ।
एक गोलले पछि परेको सिटीले राम्रो कमब्याक गर्दै जित हात पार्दा टेभेजको भूमिका निणर्यक रहेको थियो । ६६ अैं मिनेटमा मैदानमा प्रवेश गरेका टेभेजको पासमा नास्रीले ८५ अैं मिनेटमा विजयी गोल गरेका थिए । उनले राम्रो खेल्नुका बाबजुद टेभेजले र्फममा आउन अझ केही महिना लाग्ने प्रशिक्षक रोबर्टो मान्सिनीले बताए । ६०  मिनेटमा गेरी काहिलको गोलमा चेल्सीले अग्रता लिएको थियो । पाब्लो जाब्लेटाको प्रहार माइकल इसेनको हातमा लागेपछि प्राप्त पेनाल्टीमा सर्जिओ अगुइरोले ७८ अैं मिनेटमा गोल गरे । नौ खेल खेल्न बाँकी रहँदा सिटी र शीर्षस्थानमा रहेको म्यानचेस्टर युनाइएटेडको भिन्नता एक अङ्कमा झरेको छ ।
तर टेभेजको उपस्थिति विवादमुक्त भने भएन । उनी टोलीमा पर्नेबित्तिकै सिटीका पूर्वखेलाडी रोड्नी मार्सले प्रशिक्षक मान्सिनीलाई बर्खास्त गर्न सकिने चेतावनी दिएका छन् । बायर्न म्युनिखसँगको च्याम्पियन्स लिगको खेलमा वार्मअप गर्न नमानेपछि उनी लगातार सात महिना टोलीबाट बाहिरिएका थिए । टेभेजलाई  चेल्सीसँगको भिडन्तका लागि बोलाइएपछि मान्सिनीलाई चेतावनी दिइएको   हो ।
मार्सले टेभेजलाई बोलाएपछि सिटीले उपाधि नजिते मान्सिनीलाई बर्खास्त गर्नैपर्ने बताएका छन् । सन् १९७२ मा क्लबको कीर्तिमानी रकम २ लाख पाउन्डमा अनुबन्ध भएका मार्सले टेभेजको उपस्थितिले खेल भावना नै मरेको बताए । मार्सले बिबिसीसँगको अन्तर्वातामा भनेका छन्, ‘अहिले क्लबमा अचम्मको समन्वय छ । यदि त्यो भत्कियो भने धेरै नै घातक हुन्छ । सिटीका लागि १ सय १८ खेल खेलेका मार्सले ३६ गोल गरेका थिए । क्विन्सपार्क रेन्जर्सबाट सिटी पुगेका उनले एकै सिजनमा ४४ गोल गरेका थिए । टेभेजले भने २१ सेप्टेम्बरमा कार्लिङकपको खेलमा बर्मिङघमसँग २-० को जित हात पारेयता कुनै खेल खेलेका छैनन् ।
टोलीमा टेभेजको उपस्थितिबारे क्लबका समर्थक पनि रुष्ट भएका छन् । एना पार्किन्सनले टेभेजलाई मैदानमा देखे मात्र पनि रङ्गशाला छाड्ने बताएका छन् । अर्का समर्थक डेनी ज्याक्सनले टेभेजले क्लबका समथर्कको समेत अपमान गरेको बताएका छन् । पिटी स्वानीले भने टेभेजले नै गोल गरेर चेल्सीलाई हराए सिटीले उपाधि जित्न सक्ने बताइन् ।

प्रतिक्रिया