झाको चरित्र हत्या भयोः एमाले

काठमाडौं, ९ चैत । नेकपा (एमाले)ले जनकपुर अञ्चलका संयोजक परिवर्तनलाई लिएर निवर्तमान संयोजक रामचन्द्र झाका बिषयमा पत्रपत्रिकामा आएका समाचारको खण्डन गरेको छ ।

एमाले सचिव युवराज ज्ञवालीले आज विज्ञप्ती जारी गरेर केही पत्रपत्रिका र सञ्चार माध्यमहरुले झाका बारेमा गरेको टिकाटिप्पणी तथा आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको जनाएका छन् ।

‘पार्टीको निर्णयसँग कुनै सम्बन्ध नभएको विषय उठाउँदै झाको चरित्र हत्या गर्ने तहसम्मको प्रचार गरेकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तीमा उल्लेख छ ।

झाका बिरुद्ध समाचार माध्यममा आएका विषय कपोलकल्पित र पूर्वाग्रहमा आधारित भएको तथा त्यसमा कुनै पनि किसिमको सत्यता नभएको एमाले दाबी छ ।

झाले अञ्चल संयोजकका रुपमा काम गर्न नसकेपछि कारबारबाही गरेर हटाईएको समाचार बिभिनन पत्रपत्रिकामा आएपछि एमालेले त्यसको खण्डन गरेको हो ।

जनकपुरका निवर्तमान संयोजक झाकै सिफारीस र आग्रहमा स्थायी कमिटीले केशव देवकोटालाई अञ्चल समन्वय कमिटीको संयोजक बनाउने निर्णय गरिएको विज्ञप्तीमा दाबी गरिएको छ ।

झालाई संसदीय फाँट या कुनै केन्द्रीय विभागको प्रमुखको जिम्मेवारी दिने विषयमा पहिलेदेखि छलफल चलिरहेको पनि एमालेले जनाएको छ ।

प्रतिक्रिया