“सारी–चोलो लगाउनै मन लाग्दैन”

रीमा विश्वकर्मा, नायिका

केमा व्यस्त हुनुहुन्छ ?
म्युजिक भिडियोहरूमा नै बढी व्यस्त छु । त्यससगै अरू विभिन्न प्रोग्राम पनि छन् ।
ओस्कार अवार्ड पाए सबैभन्दा पहिले ब्वाइफ्रेन्डलाई सम्झिनु हुन्छ हो ?
ओ…हो..कल्पना गर्न पनि गाह्रो भो मलाई त । साच्चिकै पाए भने त मेरो ममलाई नै सम्झिन्छु ।
तपाईंको अनुहारमा दाह्री–जुगा पलायो भने के गर्नुहुन्छ ?
हा…हा… अचम्मै पर्थें होला सुरुमा त । त्यसपछि चाहिदाह्री–जुगा सफाचट बनाउने औषधिमूलक क्रिमहरू खोज्न हिड्थे ।
ब्वाइफ्रेन्डले तपाईंलाई सारी–चोलोमा मात्रै राम्री देखिन्छ्यौ भने के गर्नुहुन्छ ?
मेरो प्रशंसा गरेकामा अवश्य पनि म उसलाई मख्ख परेर ‘हग’ गर्थें । तर, सधैभरि त्यस्तै ड्रेस लगाउन आग्रह गरे उसैलाई समस्या पर्न सक्छ, किनकि मलाई साडीचोलो लगाउन मनै पर्दैन ।
कुनै हट्टाकट्टा राउटे युवकलाई देखे तपाईंको मनमा दया जाग्छ कि माया ?
माया लाग्छ, दया लाग्दैन, किनभने उनीहरूलाई मायाको खाचो हुन्छ ।
यस्तो कुरा सुनेर राउटे युवकले तपाईंलाई विवाह प्रस्ताव राखे भने नि ?
जिन्दगीमा मान्छेले चाहेका सबै कुरा पूरा हुदैनन् भनेर बुझाउने प्रयास गर्थें । यसरी बुझाउदा पनि उसले नमाने आङ्खनो बाटो लागिहाल्छु । टेन्सनै साफ †
जिम्मेवार नागरिक भएका नाताले उनीहरूको उत्थान गर्ने जिम्मेवारी तपाईंको चाहि हो कि होइन ?
यसमा मेरो कुनै हात छैन । यो त सरकारले पो सोच्नुपर्ने कुरा हो त । सरकारले ल्याएको योजनालाई सपोर्टचाहि गर्न सकिन्छ ।
कुनै पार्टीमा जादा सबैले देख्ने गरी तपाईंको कपालबाट जुम्रा झर्‍यो भने ?
हा…हा… त्यो त हुनै सक्दैन । यदि झरिहाल्यो भने कसैले नदेख्ने गरी टिपेर जुम्रालाई मारिदिन्छु ।

प्रतिक्रिया