सुदूरपश्चिममा एसएलसीको तयारी पूरा

कैलाली, ५ चैत । मङगलबाट सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी) को सम्पूर्ण तयारी पूरा भएको क्षेत्रीय शिक्षा निर्देशनालय डोटीले जनाएको छ ।

सुदूरपश्चिमबाट यस वर्ष ५८ हजार २०४९ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने छन् । यी मध्ये ४७ हजार १७९ नियमिततर्फबाट र १० हजार ८ सय ७० जना एक्जाम्टेडतर्फबाट रहेका छन् ।

यसवर्ष १ सय ७५ वटा परीक्षा केन्द्र स्थापना गरिएको क्षेत्रीय शिक्षा निर्देशक गोविन्ददेव भट्टले बताए । उनले परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष तोकी सम्बन्धित ठाउँमा खटाइ सकेको बताए । गत वर्ष भने सुदूरपश्चिममा १ सय ५८ परीक्षा केन्द्र रहेका थिए ।

परीक्षामा आवश्यक पर्ने प्रवेशपत्र, प्रश्नपत्र तथा उत्तरपुस्तिका सम्बन्धित जिल्लाका परीक्षा केन्द्रतर्फ पठाई सकेको र सोमबार साझसम्म सवै परीक्षा केन्द्रमा पुगिसक्ने छन् ।

परीक्षा केन्द्रमा कुनै होहल्ला तथा अबाञ्चित तत्वको घुसपैठ हुन नपाओस् भनेर प्रत्येक परीक्षा केन्द्रमा १० जनासम्म प्रहरीले सुरक्षा दिने सुरक्षा अधिकारीले बताएका छन् ।

प्रतिक्रिया