पर्ल किनारको रतिराग

‘यो उज्यालो दिउासोको भन्दा सेक्सी छैन त’ समुद्री जहाजभित्र भान्सातिरबाट निस्कादै गर्दा विन्नाले सोधी । पर्ल किनारमा ग्वान्झाउ सहरतिरबाट आएको सप्तरङ्गी प्रकाश बनावटी भए पनि सूर्यले आफैा छाडेको उज्यालोझैा लाग्थ्यो । प्रकाशले फेरेको रङसागै त्यो पुड्की चिनियां युवती घरी रातो वर्णकी लाग्थी घरी अनुहारमा नीलो मादकता देखिन्थ्यो । छेउछाउबाट टिनएजरहरू हरिया, पहेाला, राता र अनेक रङमिश्रति बत्तीको प्रतिछाया समुद्री किनारमा हेर्दै थिए । हेर्दा झ्यापुल्टे लाग्ने केही केटा गर्लप|फन्डको छातीमा टाउको अड्याएर आाखा चिम्लेका भेटिन्थे भने केही सेतो प्लास्टिकको चित्रजस्तै देखिने युवती बेस्सरी चुम्बनमा लीन थिए । मेरो पनि ध्यान त्यतै अलि बढी खिचियो ।
‘किन घोरिएको ?’ विन्नाले सोधी । हत्तपत्त दृश्यबाट आफूलाई अलग गरेा, मनमा खेलेको कुरा उसले नदेखोस् भनेर । तर, दिमागको गन्जागोल अनुहार हेरेरै त्यो चतुरी केटीले चाल पाई । गर्धनसम्म मुठारेको कपाल हल्लाउादै कानसम्म फिाजारेर उसले सोधी, ‘घरको सम्झना आयो ?’ अनि हांसी मज्जाले चिम्सा मङ्गोल आाखा चिम्लेजस्तै गरेर । मैले केही जवाफ दिइना । अझै एक कदम अघि बढेर उसले भनी, ‘तिम्रो गोजीमा दिउासोको भिजिटिङ कार्ड छ नि, कुन फोटो मन पर्छ भन, म फोन गरिदिन्छु ।’ उसले कानैमा मुख जोतेर भने पनि मैले कोटको खल्तीमा जम्मा भएको एक मुठो कार्ड झिक्ने हिम्मत गरिना । पर्ल नदी किनारमा ओर्लंदा दिउासो नगरबधुहरूको भिजिटिङ कार्ड बांड्न केही पुड्के केटा आएका थिए । कार्डमै तस्बिर देखेर ताज्जुब मन झन् पछि झन् नयां दृश्यले तस्बिरहरूलाई बिर्साइदिएको थियो । बरु विन्नाले सम्झेकी रहिछ । दिउासोलाई सांझसाग जोड्दै उसले भिजिटिङ कार्डको कुरा गर्दा मलाई हल्का व्यङ्ग्यझैा लाग्यो । ‘हैन-हैन पर्दैन,’ आफूलाई केही भलाद्मी देखाएा । विन्नाले पत्याइन कि कुन्नि आाखीभौ निधारमा सिउरेर कूटनीतिक हांसो हांसी, दाहिने हातले च्याप्प मेरो हात समातेर देब्रे हातले कुम थुम्थुम्याई ।
रात छिप्पिएपछि त्यो डल्ली गाइड केटी होटलको प्राङ्गणबाट बिदा भई । म सुत्न लागेा । दिमागमा सागसागै आए ‘माओत्सेतुङ’ र ‘तेङ स्याओ पिङ’ । मैले सुनेका माओ उथलपुथलपूर्ण चिनियां छापामार युद्धका नायक । त्यसलगत्तै माओ नेतृत्वको सांस्कृतिक क्रान्तिले जेल पुर्‍याएका तेङ । माओको निधनपछि तेङकै नेतृत्वमा भएको आर्थिक उदारीकरण र विश्वव्यापीकरणको सांस्कृतिक प्रभाव । यी सबै सतहमा सुनेका किस्साहरू दिमागमा आइरहे । ‘नग्न नारीहरूको तस्बिर पनि नहेर’ माओ भन्थे रे । माओकै देशमा गाइड केटी नाङ्गा नारीको शरीर देखाइदिन पनि तत्पर छे । लाग्यो, ‘अन्न र आदर्शको लडाइामा मान्छेले अन्नको पक्ष लिन्छ र आदर्श युगौंसम्म आदर्शकै रूपमा अमर हुन्छ ।’ माओ बांचेकै भए पनि कि आज समुद्री किनारको गुलाबी प्रकाशमा रतिरागात्मक सम्मोहनविरुद्ध चिनियां युवामाथि लालसेना लगाइरहेका हुन्थे र सेन्जेन सहरका केटी रोटी खानकै लागि सित्तैमा माओको आाखा छलेर देहव्यापार गरिरहेका हुन्थे । कि, उनी पनि नाङ्गा नारीका शरीर नहेर भन्न छाडेर व्यावसायिक उन्नतिका लागि जेसुकै गर तर राज्यलाई व्यवसायबापतको कर तिर भनिरहेका हुन्थे । निद्राअघि मेरो आत्मनिष्कर्ष थियो, ‘बेलैमा चिनियां सांस्कृतिक क्रान्तिको पतन भइदियो र तेङले आधुनिक चीन बनाउन सके । संसार चीनको आर्थिक विकास देखेर आत्तिादै छ, म समुद्री किनारका रङ्गीन बत्तीमुन्तिर हरेक चिजको व्यावसायीकरण हेरिरहेको छु ।
०००
सबेरै निद्रा खुल्यो । रुमको भित्तामा झुन्डिएको तेङको तस्बिरमा आाखा ठोक्किए । मनले पनि कति दूरसम्म एकैपटक फेरो मार्न सक्ने रहेछ  अचम्मै । एक वर्षअघि काभ्रेको पोखरीचौरी पुग्दाको कारुणिक सम्झनाले गांज्न थाल्यो । ‘आलोककी बहिनी बिन्दा त्यहीं मारिएकी हुन् ।’ त्यहींका कृष्णप्रसाद गौतमले माओवादी जनयुद्धकी सहिद बिन्दाको सहादतस्थल देखाएका थिए । बिन्दा माओवादीका चर्चित नेता यानप्रसाद गौतम आलोककी बहिनी थिइन् । आलोकका भाइ नवीन अझै बेपत्ताको सूचीमा छन् । बुहारी रेणुका चौलागाइर्ं माओवादीबाट संविधानसभामा सदस्य छिन् । ‘सांस्कृतिक विचलन’को एउटै आरोपले ‘आलोक’ माओवादीको श्रमशिविरमै मारिएका थिए । आलोकका छोराहरू माओवादी पोलिटब्युरोका शक्तिशाली नेताका छोराजस्ता लागेका थिएनन् । बांच्ने नेताका छोराछोरीले सहरको समृद्धि भोगिरहेका छन् । आलोक माओवादी राजनीतिको केन्द्रमा जीवितै भए यतिबेला उनका छोरा प्रचण्डपुत्र प्रकाश जत्तिकै शाक्तिको स्वाद भोगिरहेका हुन्थे कि अर्कै जीवनमूल्यको खोजीमा हुन्थे । मर्नेको क्रान्ति मृत्युसागै सकियो, बााच्नेको क्रान्तिमा बहार  आलोकका दुई छोराको जीवन नेपालको ‘माओवादी क्रान्ति’को विद्रुप सिकारझैा लागिरहेको थियो । ओठ पटपटी फुटेका, अनुहारबाट क्रान्तिको रङ पूरै उडेका ।
त्यतिबेला आलोकका बाबु जीवितै थिए । सांघुरो पिाढीमा बसेका तिनी नाम्लोको बरियोमा पोया थप्दै थिए । भर्खरै बनेको कच्ची घरमा जस्ताको छानो त थियो, खापा हाल्न नसकेर थोत्रा गुन्द्रीले झ्यालढोका टालिएका थिए । छेउकै खोरमा बाख्रो उघ्राइरहेको थियो, पाठाहरू उपिफदै नजिक आएपछि उनले धपाए र सेउला ल्याउन नातिहरूलाई अह्राए । पातलो छाला छिचोलेर बाहिर देखिएका नाडीका नशा हड्डीमा टांस्सिएका लहराजस्ता थिए । कानसम्म खिचिएका छालाका मुजामा आाखाबाट आासु फैलिादै गयो । ‘बांचेको भए प्रचण्डजस्तै पो हुन्थ्यो कि ‘ यत्ति बोले बूढा । उनको यो भनाइ सम्झेपछि माओको श्रमशिविरमा कैद गरिएका तेङ त्यहीं मारिएका भए आजको विकसित चीन कहां हुन्थ्यो होला र भन्ने लाग्यो । सांस्कृतिक क्रान्ति नामको वितण्डाको विपक्षमा रहेका तेङ जिउादै जेलमुक्त भए र आधुनिक चीन रचियो । विद्रोहले जेलमै सडाएका ल्युसाओ चीका हड्डी उहिल्यै मक्किइसके । तेङको घर भएको आधुनिक सहर सेन्जेन र आलोकको घर, मनका दुई पत्रमा ओल्टाइपल्टाई गर्दै थिएा, किरिर्र घन्टी बज्यो । सबेरै आएर घन्टी बजाउने उही विन्ना थिई । बहुस्त्री गमनको आक्षेपमा पार्टीले कैदी बनाएका आलोक र माओको सांस्कृतिक क्रान्तिप्रति विमति राख्ने तेङको तुलनाको मनोवादले विश्रान्ति पायो । मनोवादमा शिक्षक मुक्तिनाथ अधिकारी, पत्रकार ज्ञानेन्द्र खड्का र कवि कृष्णसेन इच्छुकहरू त आउनै पाएनन् ।
०००
होटेल छाडेर सेन्जेनतिर हिाड्न हतार भयो । सेन्जेन तेङको जन्मस्थान रहेछ । ३० वर्षअघि पूरै भोकमरीले थिचिएको । विन्नाले तीन दशकअघिको सेन्जेनबारे भन्दै गई, ‘समुद्री किनारमा दिनभर माछा मारेर त्यसैले मात्र प्राण धान्नुपर्ने ।’ आज संसारमा गनिएको औद्योगिक सहर । सेन्जेन सहरमा ठूलो होर्डिङबोर्डमा तेङ मुस्कुराइरहेका थिए । एउटा नमुना सहर डिजिटल मेसिनजस्तो, भुइामा टेक्न पनि डर लाग्ने कतै आˆनो शरीरको मैलो पो सर्ला कि  तेङको ठूलो फोटो देखाएर साथीहरू सबैले विन्नालाई सोधे, ‘माओ र तेङमध्ये को महान् ?’ जिभ्रो लड्खडाउादै उसले जवाफ फर्काई, ‘दुवै महान् ।’ प्रश्नको चुरो अझै गलेको थिएन, ‘महान् तेङ पनि सांस्कृतिक क्रान्तिको हिरासतमा मारिएका भए उनको महानता जिउादै हुन्थ्यो होला कि नाइा’ वा, सेन्जेनका बासिन्दा समुद्री किनारमा माछा मारेर दिनदिनकै छाक जोहो गर्दै संशोधनवादविरुद्ध जुझिरहेका हुन्थे कि  प्रश्नको पेटारो नरित्याई म चीनबाट नेपाल र्फकें ।
यता उस्तै छ, क्रान्तिका लागि ढाटमा चन्दा उठिरहेकै छ, उद्योग र राजमार्ग बन्द भइरहेकै छन् । केवल उत्पादनबिनाको चन्दाले राजनीतिक नेतृत्व आˆनो धुरी अग्ल्याइरहेकै छ । आज देखिादै छ, पांच वर्ष शिविरमा बसेर घर फर्केका लडाकु चेक खोसिएर रुादै छन् । नेतृत्वका टावरहरू चुलिादै छन् र नेतापुत्रहरू सगरमाथा यात्रा गर्न तीन करोड खर्चको जोहो गर्दै छन् । ३० वर्षमा तेङले बनाएको सेन्जेन र नेपालमा भीषण युद्धपछि निर्माण भएको आर्थिक चित्र दिमागले तौलिरहेछ ।

प्रतिक्रिया