सचिनको सयौं अन्तर्राष्ट्रिय शतक


मिरपुर, ३ चैत । भारतका स्टार ब्याट्सम्यान सचिन तेन्दुलकर अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय शतक बनाउने पहिलो खेलाडी बनेका छन् । चार देश सम्मिलित एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशको मिरपुरस्थित शेरे बाङ्गला स्टेडियममा आयोजक बङ्गलादेशविरुद्ध खेल्दै शुक्रबार १६ मार्च, २०१२ साझ स्थानीय समयअनुसार ५.०५ बजे उनले यो कोसेढुङ्गा हासिल गरेका हुन् । यो शतकसागै उनको एक वर्ष लामो प्रतीक्षा र क्रिकेट इतिहासमै सबैभन्दा बढी चर्चापरिचर्चा भइरहेको विषय सकिएको छ । यसका साथै उनी आइसिसीको पूर्ण सदस्यताप्राप्त प्रत्येक देशविरुद्ध टेस्ट र एकदिवसीयमा शतक बनाउने खेलाडी पनि भएका छन् ।
उनले खेलको ४४ अै ओभरमा स्क्वायर लेग क्षेत्रमा प्रहार गरेर आˆनो चिरप्रतिक्षीत शतक पूरा गरेका हुन् । रोचक कुरा के हो भने उनी शतक बनाउदा प्रायः यही क्षेत्रमा प्रहार गर्छन् । लामो प्रतीक्षापछि शतकको शतक बनेको भए पनि विशेष उत्सव भने केही भएन । उनले अघिपछिजस्तै हेल्मेट निकाले, आकाशतिर हेरे, ब्याट हल्लाए र हेल्मेटको इसारा गर्दै डे्रसिङ रुमका साथीहरूसित अभिनन्दन साटासाट गरे । बङ्गलादेशका खेलाडीहरूले नजिक आएर उनलाई बधाई दिए ।
टेस्ट र एकदिवसीय खेल अन्य कुनै पनि खेलाडीभन्दा धेरै खेलेका र सबैभन्दा धेरै रन पनि बनाएका ‘लिटिल मास्टर’ तेन्दुलकरले आˆनो सयौं शतक १ सय ३८ बलमा पूरा गरेका हुन् । उनको यो शतक तुलनात्मकरुपमा कमजोर टोली र कम महत्वको प्रतियोगितामा बनेको हो, तापनि यसको महत्व भने कम छैन । म्याच सुरु हुादा आधाभन्दा बढी खाली रहेको रङ्गशाला सचिनको रन सङ्ख्या बढ्दै जाादा भरिांदै गएको थियो । उनको शतक पूरा हुदा त्यहां खाली सिट कमैमात्र थिए ।
निकै सतर्कतापूर्वक खेलिरहेका सचिन एक एक रन गर्दै ९९ मा पुगेका थिए । उनलाई उपस्थित दर्शकले मेक्सिकन शैलीमा निकै होहल्ला गर्दै व्यवधान पुर्‍याउने चेष्टा गरेका थिए । उनी पनि झन्डै रनआउट भएका थिए । तर उनी ९९ रनमा पुगेपछि भने दर्शक उठेर उनको समर्थनमा ताली लगाउन थालेका थिए । सबैलाई एउटा आशा थियो- तेन्दुलकरले त्यो कोसेढुङ्गा हासिल गर्दा ‘म पनि त्यहां थिए भन्ने आत्मसन्तोष लिने ।

बङ्गलादेशद्वारा भारत पराजित
सचिन तेन्दुलकरले आˆनो सयौं सतक बनाए पनि भारत एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरुद्ध पाच विकेटले पराजित भयो । पहिले ब्याटिङ गरेको भारतले सचिनको शतकसागै विराट कोहलीको ६६ र सुरेश रैनाको ५१ रनको सहयोगमा २ सय ८९ रनको लक्ष्य दिएको थियो जसलाई बङ्गलादेशले चार बल बांकी छादै २ सय ९३ बनाएर पूरा गर्‍यो ।
तीन खेलाडीले अर्धशतकीय इनिङ खेलेको बङ्गलादेशका लागि विकेटकिपर मुसाफी कुर रहिमले २५ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ४६ रन बनाएका थिए । हारसागै भारत अन्तिम खेलमा पाकिस्तानविरुद्ध दबाबमा परेको छ ।

प्रतिक्रिया