मेची, कोशी बन्दको प्रभाव सामान्य

विराटनगर, २ चैत । संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चा नेपालले आज पूर्वका मेची र कोशी अञ्चल बन्द आह्वान गरेपनि त्यसको प्रभाव सामान्य परेको छ ।

बन्दका कारण सार्वजनिक यातायातका साधानमा भने केही स्थानमा प्रभाव परेको छ । यद्यपी केही जिल्लामा भने सवारी साधन उल्लेख्य चलेको प्रहरीले जनाएको छ । बन्दका बावजुद वजार खुल्ने क्रम जारी छ । शैक्षिक सस्था र कलकारखानापनि संचालनमा आएका छन् ।

बन्द सफल बनाउन सडकमा उत्रिएका जनमोर्चाका दुई कार्यकर्तालाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ ।

स्कुलवस संचालनमा अवरोध पुरायाएको भन्दै जनमोर्चाका केन्द्रीय सदस्य सुरेन्द्र भण्डारी र मोरङ जिल्ला सचिव नवराज ढुङगनालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

राजमोले संघीयको बिरोध र नयाँ संविधान समयमा जारि गर्न माग गर्दै चरण बद्ध आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया