रोबर्टस फेरि आउन इच्छुक

काठमाडौं, १ चैत । पछिल्लो एक साता नेपाली फुटबलका लागि राम्रो रहेन । चौथो एसियन फुटबल कन्फेडेरेसन (एएफसी) च्यालेन्जकप–२०१२ मा खराब प्रदर्शन भएपछि खेलाडी, प्रशिक्षकदेखि समर्थकसम्म निराश देखिए । उत्कृष्ट प्रदर्शन गर्दै एकपछि अर्को सफलता हात पारेपछि विगत एक वर्ष सबैको हाइ(हाइ भएको नेपाली फुटबलमा यस नतिजापछि एकाएक नयाँ तरङ्ग आएजस्तै भयो । नेपाल आर्मीले होटलबाटै राष्टिूय टोलीका आफ्ना दुईजना खेलाडी लग्यो भने स्वाभाविक स्थितिमा प्रशिक्षक ग्राह्म रोबर्ट्स आफैले करार नथप्ने निर्णय गरेर सबैलाई स्तब्ध बनाए ।
तर बुधवार अपरान्ह नेपाली फुटबल यी सबै परिवर्तनबाट मुक्त भएजस्तो देखिन्थ्यो । समूहचरणबाटै बाहिरिनुका बाबजुद राष्ट्रिय टोलीका खेलाडी, प्रशिक्षकदेखि नेपाली फुटबलको वागडोर सम्हालेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीमा छुट्टै किसिमको ‘इमोसन’ छाएको थियो । दुई दिनअघि करार नथप्ने निर्णय गर्दा निराश र मर्माहत देखिएका बेलायती प्रशिक्षक रोबटर्समा  सफलतापछिको जस्तै खुसी देखिन्थ्यो । सबैजना विगतका नराम्रा पक्षलाई बिर्सिएर राम्रो गर्ने आत्मसमीक्षा गरिरहेका थिए । सन्दर्भ थियो, रोबर्ट्सको औपचारिक बिदाइ कार्यक्रमको ।
‘यो खुसी हुने दिन हो, दुःखी हुने होइन,’ पछिल्लो समय नेपाली फुटबलले हात पारेको उचाइलाई स्मरण गर्दै रोबर्ट्सको पहिलो वाक्य थियो, ‘हामी दक्षिण एसियामा पहिलो स्थानमा पुगेका छौं जुन स्थितिमा हामी पहिला थियौं त्यसका आधारमा अहिलेको हाम्रो धरातल धेरै माथि पुगेको छ ।’ एन्फा पदाधिकारीदेखि राष्टिूय टिमका सबै सदस्यको उपस्थिति रहेको सो कार्यक्रममा सुरुआतमा नर्भस देखिए पनि पहिलो वक्ताका रूपमा एन्फा प्रवक्ता ललितकृष्ण श्रेष्ठले रोबटर््सको प्रशिक्षण अवधि स्वर्णिम अक्षरले लेखिने छ भनेपछि रोबटर््समा एकाएक चमक देखिएको थियो ।
नेपाल छाड्नु एक दिनअघि आयोजित सो कार्यक्रममा रोबर्ट्सले नेपाल आफ्नो मन मुटुमा रहेको बताउँदै नेपालले आवश्यक ठाने सदैव काम गर्न आफू तयार रहेको बताए । ‘नेपाल मेरो मनमा छ र सधैं रहिरहनेछ ।’ त्यसपछि आगामी साफ च्याम्पियनसिपमा नेपालको प्रशिक्षणलाई इङ्गित गर्दै उनले थपे, ‘थाहा छैन, म त्यतिबेला कहाँ हुनेछु तर यदि नेपालले मलाई आवश्यक ठान्यो र म पनि कुनै ठाउँमा व्यस्त नभएको मौका प¥यो भने म अवश्य आउनेछु ।’ उनले सबै पक्षबाट राम्रो सहयोग प्राप्त गरेको बताउँदै फेरि एकपटक दोहो¥याए, ‘फुटबलप्रति नेपाली दर्शकको झुकावलाई देखेर म नतमस्तक छु ।’
उनले नेपाली खेलाडी मिहिनेती र समर्पित भएको चर्चा गर्दै खेल्न नछाड्न अनुरोध गरे । ‘केही दिनअघि सेप ब्लाटरले नेपालले मेसीविनाको बार्सिलोना जसरी खेलेको भने ।’ नेपाली टोलीको प्रदर्शनको तारिफ गर्दै कमजोरी पनि आंैल्याइहाले, ‘तर फुटबलमा गल्ती गर्नेले सजाय पाउँछ । हामीले धेरै अवसर पाएका थियौं तर सदुपयोग गर्न सकेनांै ।’
एन्फा अध्यक्ष गणेश थापाले नेपालमा रोबटर््स सफल भएको बताए । ‘ब्याड कोच’ को प्रशिक्षणमा पनि टोलीहरूले उपाधि जित्ने गरेको उल्लेख गर्दै कार्यक्रमको अन्तिम मन्तव्य दिने क्रममा थापाले भने, ‘एन्फा रोबर्ट्सको कामप्रति सन्तुष्ट छु ।’ नेपालमा काम गर्न इच्छा देखाएको प्रति रोबटर््सलाई धन्यवाद दिँदै थापाले आवश्यक परे बोलाउने पनि वचन दिए । ‘मैले हिन्दी फिल्म हेर्दा सुन्ने गरेको छु नेभर से गुडवाई ।’ रोबटर््सलाई आशावादी बनाउने क्रममा थापाले कूटनीतिक भाषामा भने, ‘तपार्इंलाई साथीका रूपमा, दाजुभाइका रूपमा जहिले पनि नेपालमा स्वागत छ ।’
राष्टिूय फुटबल टिमका कप्तान सागर थापाले रोबटर््सले नेपाली फुटबललाई आकार दिएको बताए । ‘यसअघि पनि हामी खेल्दै आएका थियौं ।’ रोबटर््सभन्दा अघि बोल्ने क्रममा सागरले भने, ‘तर फलामलाई आकार दिए जसरी रोबटर््सले राष्टिूय फुटबललाई आकार दिए । हामी उनीप्रति धन्य छौं ।’ गतवर्ष फेबु्रअरीको अन्त्यतिर नेपालमा पहिलोपटक आएका रोबर्ट्स तीन महिनाको प्रशिक्षणपछि स्वदेश फर्किए पनि एन्फाले पुनः करार नवीकरण गरेपछि पुनः आएका थिए ।

थापाले ढाट्दै सच्याए
खेलाडी प्रतिस्थापन गर्ने विषयमा एन्फा अध्यक्षले हस्तक्षेप गरेको भन्ने समाचार बाहिर आएपछि आलोचित बनेका गणेश थापाले बुधबार मन्तव्य दिने क्रममा सोही  विषयलाई स्पष्ट पार्न अधिकांश समय खर्चिए । सुरुआतमा एएफसी च्यालेन्जकपका लागि राष्टिूय टोली छानिदा आफूलाई खेलाडीको नामसमेत याद नभएको भन्दै तर्क पेस गरेका थापाले पछि आफूले जीवनभर प्रशिक्षकको जिम्मेवारीमा हस्तक्षेप नगरेको दाबी गरे । तर उनी पछि वास्तविक धरातलमा देखिए । ‘तर मलाई महसुस हुने कुरा छुट्टै हो । त्यसलाई मैले सुझावका रूपमा भन्न सक्छु ।’
केही मिडियाले आफ्नो ठूलै समाचार नै बनाएको भन्दै आक्रोसित देखिएका थापाले त्यसपछि भने वास्तविक चुरो कुरो खोले, ‘हो, मलाई लागेको विचार ललितलाई प्रशिक्षकसम्म पु¥याउन लगाएको हुँ तर त्यो हस्तक्षेप होइन ।’ यसअघि एएफसी च्यालेन्जकपमा माल्दिभ्सविरुद्धको  खेलमा खेलाडी परिवर्तनका विषयमा एन्फा अध्यक्षले हस्तक्षेप गरेको भन्दै रोबटर््स प्लेयर बक्सबाट उठेर हिँड्न खोजेका थिए । आफ्नो काममा अवरोध पु¥याएको भन्दै जङ्गिएका रोबटर््सलाई पछि टिमका अन्य अफिसियलले थुमथुम्याएका थिए ।

प्रतिक्रिया