दैलेखमा २ जनाको हत्या

दैलेख, १ चैत्र । दैलेख जिल्लाको रानिवन गाविस वडा नम्वर–८ मा अज्ञात समूहले दुई जना असक्तको हत्या गरेको छ ।

स्थानीय ५६ बर्षीय शक्ति बहादुर शाही र उनकी ४० बर्षीया श्रीमती नानी शाहीलाई अपरचित व्यक्तिहरुले हत्या गरेर फरार भएको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ । उनीहरुको आज विहान पौने तीन बजे हत्या भएको थियो ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र अस्थाई प्रहरी पोष्ट गैडाबाणबाट खट्टिएको प्रहरीले अभियुक्तहरुको खोजतलास गरेको जनाईएको छ ।

यता, काठमाडौंमा सनाखत हुन नसकेका दुई शव फेला परेका छन् । खड्गभद्रकाली–३ स्थित बाटोमा सनाखत हुन नसकेको पुरुषको शव फेला परेको छ । करिव ३० वर्षीय पुरुषको शव विहान ६ बजे फेला परेको महानगरीय प्रहरीले जनाएको छ । उनको टाउकोमा धारिलो हतियारको घाउ देखिएको छ ।

तिलगंगास्थित क्लासिक कलेज नजिकपनि सनाखत हुन नसकेको शव फेला परेको छ । शव आज विहानै फेला परेको प्रहरी बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया