वसन्तको प्रश्न दीपकको उत्तर

वसन्त सापकोटा, संगीतकार

वसन्त नेपाली तारा हुनुअगाडि र पछाडि तपाईंमा आएको फरक के ?
दीपक नेपाली ताराअगाडि मलाई कसैले चिन्दैनथे । म प्रतियोगीका रूपमा थिएँ । अहिले गायकको परिचय बनाइसकेको छु । सबैले चिन्छन्, स्थापित परिचय बनेको छ ।
वसन्त  एल्बममा गाउन सजिलो कि चलचित्रमा ?
दीपक गाउन कहीँ पनि सजिलो छैन । दुवैमा अप्ठ्यारो छ । तर, चलचित्रमा कथामा बाँधिनुपर्ने हुँदा अलि गाह्रो छ जस्तो लाग्छ ।
वसन्त  कन्सर्टमा गाउन सजिलो कि स्टुडियोमा ?
दीपक स्टुडियोभन्दा कन्सर्टमा नै गाउन सजिलो ।
वसन्त  मन पर्ने सङ्गीतकार को ?
दीपक सबै राम्रो लाग्छ । सबैसँग काम गरेको छु । सबैसँग राम्रो सम्बन्ध छ ।
वसन्त  कुनै कम्पोज छ, सङ्गीतकारले तपाईंकै स्वरका लागि भनेर बनाएको ?
दीपक धेरै छ मेरो नै लागि भनेर कम्पोज गरेको । धेरैले फोन गरेर यो तपाईंकै लागि हो भन्छन् ।
वसन्त  मन परेको शब्द–कम्पोज कुन हो ?
दीपक धेरै छन् । प्रायः सबैको शब्द, सङ्गीत मन पर्छ । दीपक लिम्ब, गायक

प्रतिक्रिया