क्याटि्रनाको रोमान्स शाहरुखसँग

मुम्बईः बलिउडका थुप्रै नायकसाग फिल्मी जोडी बाधिसकेकी नायिका क्याटि्रना कैफ अब किङ खान शाहरुखसागको रोमान्समा देखिने भएकी छन् । यश चोपडाको आगामी चलचित्रमा यो जोडी फिल्मी रोमान्समा देखिने भएको हो । हाल छायाङ्कनको अन्त्यतिर पुगिसकेको चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन । आठ वर्षपछि चलचित्र निर्देशनमा फर्किएका यशले खास चलचित्रलाई दर्शकमाझ प्रस्तुत गर्ने आशयले नाम गोप्य राखेको एजेन्सीले उल्लेख गरेको छ ।
यशकै निर्देशनमा एक दशकअघि शाहरुखले अभिनय गरेको दिलवाले दुल्हनिया ले जाएङ्गेले अत्यधिक सफलता पाएको थियो । शाहरुखले पनि यो चलचित्रलाई महत्वपूर्ण रूपमा लिइरहेका छन् । आˆनो होम प्रोडक्सनको रावणको प्रचारका क्रममा उनले यस चलचित्रको पनि राम्रै बखान गरेका थिए । चलचित्रमा अनुष्का शर्मा पनि मुख्य भूमिकामा छिन् । चलचित्रका लागि गुलजारले लेखेका गीतमा एआर रहमानले सङ्गीत भरेका छन् । रहमानले यशको चलचित्रमा सङ्गीत भरेको यो पहिलोपटक हो ।

प्रतिक्रिया