ट्रान्समिसन विवाद मिलाउन प्राविधिक समिति


काठमाडौँ, २७ फागुन । स्थानीयवासीको अवरोधपछि निर्माण प्रभावित हुँदै आएको खिम्ती-ढल्केबर ट्रान्समिसन विवाद मिलाउनका लागि प्राविधिक समिति गठन भएको छ । आन्दोलनरत स्थानीयवासी र ऊर्जा मन्त्रालयका अधिकारीबीच भएको छलफलपछि समिति गठन भएको हो ।
मन्त्रालयका अनुसार समितिले स्थलगत अध्ययनपछि आगामी १२ चैत्रभित्र प्रतिवेदन बुझाउने छ । मन्त्रालयका सहसचिव अनुप उपाध्यायको नेतृत्वमा गठित समितिमा प्राधिकरण सञ्चालक समिति सदस्य कृष्णप्रसाद दुलाल, प्राधिकरण प्रणाली सञ्चालन तथा मर्मत सम्भारका महाप्रबन्धक गणेशप्रसाद राज तथा अन्य दुई इन्जिनियर सदस्य छन् । समितिले ट्रान्समिसन लाइन विस्तारका क्रममा प्रभावित हुने क्षेत्रबारे अध्ययन गर्नेछ ।
सिन्धुलीमाढीका स्थानीयवासीको अवरोधपछि नेपालकै पहिलो दुई सय २० केभीको खिम्ती-ढल्केबर ट्रान्समिसन लाइन निर्माण एक वर्षदेखि रोकिदै आएको छ । यही १७ फागुनमा ऊर्जा राज्यमन्त्री सूर्यमान दोङ, ऊर्जा सचिव हरिराम कोइराला लगायतको टोलीले सिन्धुलीमाढीमै पुगेर स्थानीयवासीसाग छलफल गरे पनि कुनै सहमति हुन सकेको थिएन । टोलीले स्थानीयवासीका लागि राहत कार्यक्रम ल्याउने घोषणा गरे पनि आन्दोलन रोकिएको थिएन । सिन्धुलीमाढीवासीले आˆनो जग्गाबाट ट्रान्ससिमन लाइन विस्तार गर्न नदिने बताउदै आन्दोलन गरिरहेका छन् । उनीहरूले ट्रान्समिसन लाइनको काम अगाडि नबढाउन प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा समेत निवेदन दिएका छन् । प्राधिकरणले भने अन्य क्षेत्रबाट लान सक्ने अवस्था नरहेको बताउादै आएको छ ।
ट्रान्समिसन लाइन निर्माणका क्रममा एकीकृत माओवादीभित्रको एउटा गुटले प्रभाव पार्न खोजेको मन्त्रालय स्रोतले जनाएको छ । माओवादी अध्यक्षनिकट एकीकृत माओवादीका सचिव पोस्टबहादुर बोगटी ऊर्जामन्त्री भएका बेला मोहन वैद्य पक्षधर सचिव सिपी गजुरेलबीचको गुटगत प्रभाव ट्रान्समिसन लाइनमा देखिएको स्रोतको दाबी छ । केही समयअघि सचिव गजुरेलले सार्वजनिक रूपमै स्थानीयवासीलाई मर्का पर्ने गरी ट्रान्समिसन लान नहुने अभिव्यक्ति दिएका थिए । उनी सिन्धुलीवासी हुन् । दुई पक्षको गुटले ट्रान्समिसन लाइन प्रभावित भएको भन्दै प्राधिकरण कर्मचारीले हैरानी व्यक्त गरेका छन् । तामाकोसी आयोजनाका लागि निर्माण हुन लागेको सो ट्रान्समिसन लाइनबाट आयोजना नबनेसम्मका लागि खिम्ती र भोटेकोसीमा उत्पादित विद्युत् सिधै ढल्केबर लैजाने योजना प्राधिकरणको छ । हाल यहाबाट उत्पादित विद्युत् काठमाडौ-चितवन हुँदै करिब दुई सय ५० किलोमिटर पार गरी लैजानुपर्ने अवस्था छ । दुई सय २० केभी प्रसारण लाइनका निर्देशक कन्हैयाकुमार मानन्धरका अनुसार खिम्तीबाट मन्थली, सिन्धुली, महोत्तरी हुँदै धनुषा लैजादा ७५ किलोमिटरमै विद्युत् धनुषाको ढल्केबर पुर्‍याउन सकिन्छ । काठमाडौ हुँदै लैजादा करिब १० मेगावाट चुहावट हुने गरेको प्राधिकरणले जनाएको छ । यसकारण वाषिर्क २० करोड रुपिया घाटा बेहोर्नुपरेको प्राधकिरणको दाबी छ ।
सन् २००७ मा निर्माण सुरु भएको सो लाइन दुई वर्षभित्र पूरा गर्ने लक्ष्य प्राधिकरणको छ । ९५ प्रतिशत काम पूरा भइसकेको र अवरोध नआएमा दुई महिनाभित्रै ट्रान्समिसन लाइनको काम पूरा हुने दाबी प्राधिकरणको छ । करिब सवा अर्ब रुपियााको लागतमा ट्रान्समिसन लाइन निर्माण गर्ने लक्ष्य सरकारको छ ।

प्रतिक्रिया