अमेरिकाद्वारा चीनको तारिफ

वासिङ्टन, २५ फागुन । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले अमेरिका र चीनबिना विश्वको कुनै पनि समस्या समाधान नहुने ठोकुवा गरेकी छन् । यस्तो अवस्थामा अमेरिकालगायत सम्पूर्ण विश्वले चीनले नेतृत्वदायी भूमिका निर्वाह गरोस् भन्ने चाहेको उनले बताइन् ।
अमेरिकी पूर्वराष्ट्रपति रिचार्ड निक्सनले चीन भ्रमण गरेको ४० वर्ष पुगेको अवसरमा ‘युएस इन्स्टच्युट अफ पिस’ले राजधानी वासिङ्टन डिसीमा बुधबार आयोजना गरेको कार्यक्रममा विदेशमन्त्री क्लिन्टनले यस्तो धारणा व्यक्त गरेकी हुन् ।
‘चीन र अमेरिकाले विश्वका सबै समस्या निवारण गर्न सक्दैनन् । तर, उनीहरूबिना विश्वस्तरका कुनै पनि समस्या समाधान गर्न सकिन्छ जस्तो मलाई लाग्दैन,’ उनले भनिन् । चीनको शक्ति, सम्पत्ति र प्रभावले उसलाई विश्वव्यवस्थामा माथिल्लो स्तर दिलाएको विदेशमन्त्री क्लिन्टनले बताइन् । -एजेन्सी)

प्रतिक्रिया