चिलिमे जलविद्युत् बन्द

काठमाडौ, २५ फागुन । रसुवा जिल्ला स्थति चिलिमे जलविद्युत् आयोजना मर्मतका लागि तीन दिनका लागि बन्द गरिएको छ । २० मेगावाट क्षमताको भए पनि हाल करिब १२ मेगावाट उत्पादन हुादै आएको छ । चिलिमे बन्द भए पनि लोडसेडिङमा कुनै असर नगर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
आयोजनाको पेन स्टक र पानी निकाल्ने भल्भ बिगि्रएपछि उत्पादन नै बन्द गरेर मर्मत गरिएको चिलिमे जलविद्युत् कम्पनी प्रमुख कुलमान घिसिङले बताए । उनका अनुसार, तीन दिनभित्रै मर्मत गर्ने लक्ष्य राखिएको छ ।
उपभोक्ता पनि सचेत हुादा र बिदा भएकाले कम विद्युत् खपत भएकाले लोडसेडिङमा कुनै असर नगर्ने गरी प्राधिकरणकै सल्लाहमा आयोजनाले तीन दिनका लागि उत्पादन बन्द गरी मर्मत सुरु गरेको प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख चिरञ्जीवी शर्माले जानकारी दिए । ‘भल्भ तत्काल नबनाए ठूलो नोक्सानी हुने देखिएपछि लोडसेडिङमा असर नपर्ने गरी आयोजनाले मर्मत सुरु गरेको हो, तीन दिनभित्र सकिने लक्ष्य छ ।’-उनले भने ।
चिलिमे जलविद्युत्को भल्भ फेर्न एक दिन, टनेल र बाधस्थलभित्रको पानी फाल्न एक दिन र पानी भर्नका लागि एक दिन लाग्ने भएकाले तीन दिनका लागि आयोजना बन्द गरिएको आयोजनाले जनाएको छ । २०६२ सालदेखि नै आयोजनाको टर्बाइनको भल्भ बिग्रे पनि मर्मत गरिएको थिएन । तीन दिन विद्युत् उत्पादन गर्दा आयोजनालाई करिब ५७ लाख रुपैया घाटा पर्छ ।

प्रतिक्रिया