तुलसीपुरमा बम विष्फोट

दाङ, २५ फागुन । दाङको तुलसीपुरमा अज्ञात समूहले स्थानीय प्रेमबहादुर डाँगीको निवासमा बम विष्फोट गराएको छ ।

तुलसीपर नगरपालीका–८, टिकरी निवासी डाँगीको घर बाहिर बम बिष्फोट भएको प्रहरीले जनाएको छ । बिष्फोटबाट घरमा कुनै क्षति भएको छैन । बम विष्फोट गराउने समूहको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ ।

उता, डाँगीको निवासमा भएको बम विष्फोटको जिम्मा जनतान्त्रिक तराई मधेस मुक्ति मोर्चाले लिएको छ । घटनास्थल वरपर मोर्चाका ३ वटा पर्चा फेला परेका छन् ।

प्रतिक्रिया