दोस्रो फाइनलको फरक निर्णयपछि तेस्रोको प्रतीक्षा

एडिलेड, २३ फागुन । तिलकरत्ने दिलसानले दर्शनीय शतक प्रहार गरेपछि श्रीलङ्का कमनवेल्थ बैंक सिरिज ‘बेस्ट अफ थ्री फाइनल’ अन्तर्गतको दोस्रो फाइनलमा अस्ट्रेलियालाई आठ विकेटले पराजित गर्न सफल भएको छ । दुई सय ७२ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोलीका लागि दिलसान (१०६) ले कप्तान माहेला जयाबद्र्धने (८०) सँग मिलेर पहिलो विकेटका लागि एक सय ७९ रनको साझेदारी गरेका थिए ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि कप्तान माइकल क्लार्क र ओपनर डेभिड वार्नरले शतकीय साझेदारी गर्दै स्कोर ६ विकेटमा दुई सय ७१ रन पु¥याउन प्रमुख भूमिका खेलेको थिए ।
तर श्रीलङ्काले ३४ बल र आठ विकेट बाँकी छँदै बुधबार भएको दोस्रो फाइनल जितेर बिहीबार हुने तेस्रो फाइनललाई निर्णायक बनाइदिएको छ । यसअघि, पहिलो फाइनल सो म्याचका म्यान अफ द म्याच वार्नरको शतकीय इनिङसँगै अस्ट्रेलियाले रोमाञ्चक ढङ्गले जितेको थियो । अस्टे«लियाको जितको सम्भावना सुरुमै निराशामा फेरिएको थियो जतिखेर ब्रेट लीले इनिङको पहिलो ओभरमै तीनवटा वाइड बल फालेका थिए भने क्लिन्ट म्याकायले नोबलमा जयबद्र्धनेलाई विकेटपछाडि क्याच गराएका थिए ।
पच्चीसौं ओभरमा सेन वाट्सनको बलमा जयबद्र्धनेको ब्याटबाट निस्केको ‘निक’ विकेटपिर म्याथ्यु बेडले समातेका थिए तर अम्पायरले आउट दिएनन् । पछि जयबद्र्धने र दिलसान आउट भएपछि विजयलक्ष्य पछ्याउने दायित्व कुमारा संगाकारा र दिनेश चन्डिमालमाथि आएको थियो जसलाई संगाकारा (५१) ले चन्डिमालसँग मिलेर सहजै पूरा गरिदिए । श्रीलङ्काली खेलाडीको ब्याटिङले उनीहरूले अस्टे«लियाली इनिङमा ‘ड्रप’ गरेका चार क्याच र केही अत्यन्तै फितलो क्षेत्ररक्षणको सम्झनालाई ओझेल पारिदिएको थियो ।
क्लार्क (११७) र वार्नर (१००) ले तेस्रो विकेटका लागि इक सय ८४ रनको साझेदारी गर्दै अस्टे«लियाले सुरुमै गुमाएको वाट्सन र बेडको विकेटको क्षतिबाट टोलीलाई बलियो गरी उकासेका थिए । एक सय ४३ बल खेलेर वार्नर आउट भए पनि लार्कले फार्बिज महरुफको एकै ओभरमा २३ रन बटुलेका थिए ।  महरुफले गरेको इनिङको सो ४४ औं ओभरमा एउटा फुलटस बललाई ढिलो गरी अम्पायर ब्रुस ओक्सेनफोर्डले ‘नो बल’ ठहर गरेपछि जयबद्र्धनेले आपत्ति जनाउँदै अम्पायरसँग वादविवाद गरेका थिए । अम्पायरको निर्णयप्रति आशङ्का र वादविवाद गरेको आरोपमा म्याच रेफ्री क्रिस ब्रडले जयबद्र्धनेले पाउने म्याच रकमको दस प्रतिशत काटिने र उनले क्षमायाचना गर्नुपर्ने सजाय सुनाएका थिए । एएफपी

प्रतिक्रिया