जन्ती बस दुर्घटनामा, तीनको मृत्यु ५० घाईते

महोत्तरी, २३ फागुन । सिन्धुलीबाट महोत्तरीको खुट्टापिपराढी जन्ती बोकी फर्कदै गरेको बस दुर्घटनाग्रस्त हुँदा ३ जनाको मृत्यु भएको छ भने बसमा सवार ५० जना जन्ती घाईते भएका छन ।
मृत्यु हुनेमा महोत्तरी खुट्टापिपराढीका रामभरोसी पण्डित, दिनेश पण्डित र पहिचान खुल्न नसकका अर्का एक जना रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
ना २ ख ७११२ नम्बरको बस सिन्धुलीबाट जन्ती बोकि तीव्र गतिमा फर्किदै गर्दा सिन्धुली बर्दिवास सडक खण्ड अन्तर्गतको गौरीबास–३ मा अनियन्त्रीत भई पल्टेको हो ।
तीनै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाईते भएका मध्ये बर्दिवासस्थित जनसेवा अस्पतालमा २२ जना, होप अस्पतालमा १५ जना र जनकपुर अञ्चल अस्पतालमा १३ जनाको उपचार भईरहेको छ ।

दुर्घटनापछि बसका चालक फरार रहेका छन् । बस भित्र र छतमा गरी भण्डै ७० जना सवार रहेको घाईते सञ्जय महराले बताए ।

उता, रोल्पाबाट काठमाडौ जादै गरेको लु १ ख ६१५९ नम्वरको हाइस प्युठानको ढुंगेगढीमा दुर्घटना भएको छ । दुर्घटनामा परि घटना स्थल मै एक जनाको र उपचारको क्रममा दुइ जनाको मृत्यु भएको छ भने दुइ दर्जन जना घाईते छन् ।
मृत्यु हुनेहरुमा रोल्पा सिउरीका २७ वर्षीय राजु भनिने सुकबहादुर र रोल्पा बडाचौर ७ का रामबहादुर बिष्ट र उनका बुवा बीरसिङ विष्ट रहेका छन् । घाइते मध्ये रोल्पा लिबाङका यादब कार्की, नरबहादुर घर्ती, दाङ हापुरका ज्ञानबहादुर विष्ट, काठमाडौका लोकबहादुर चौलागाई, अर्घाखाँचीका सुमन भूसाल, रोल्पाका रविन्द्र पुन मगर, रुकुमका क्रमधन बुढा, प्युठान सारीका विक्रम चन्द, भैरहवाका दानबहादुर थापा, नवलपरासीका राजाराम तिवारी र ठेगाना खुल्न नसकेको जुनतारा नाम गरेको एक व्यक्ति सहित ११ जनाको अवस्था गम्भिर घाइते भएको प्रहरीले बताएको छ ।
घाइते मध्ये पाँच जनालाई प्युठानको विजुवार, ६जनालाई लमहीमा र अन्य सात जना गम्भिर अवस्थाका घाइतेलाई नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको सौर्य दैनिकका सम्वाददाता रीता लामाले जनाएकी छन् ।
उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा सामान्य उपचार गरि थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । गाडि चालक प्रेम बुढा मगर सामान्य घाइते भएका छन ।
२० जनाको सिट रहेको गाडीमा ४३ जना सवार भएको हाइसको ब्रेक फेल भएर अनियन्त्रित भई दुर्घटना भएको थियो

प्रतिक्रिया