मधेसलाई विभेद गरे सार्वभौमिकतामा असर पर्छ

काठमाडौ, २२ फागुन । कृषि तथा सहकारी मन्त्री नन्दनकुमार दत्तले मधेसमाथि विभेद गर्ने  र काखापाखा गर्ने नीति नरोकिए मुलुकको अखण्डता, एकता र सार्वभौमिकतामा गंभिर असर पर्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा मन्त्री दत्तले  सर्वोच्च अदालत मधेसप्रति पूर्वाग्रही देखिएको आरोप लगाए । उनले विगतमा सर्वोच्चले रोक लगाएको सेनामा मधेसी यूवाको समूहगत प्रवेश, जन्मसिद्ध नागरिकता पाएकाको छोरा छोरीलाई बंशजको आधारमा नागरिकता दिने र नागरिकता भएकाको मात्रै मतदाता नामावलीमा नाम राख्ने सम्बन्धी फैसलाले पनि सो कुराको पुष्टि गरेको दावी गरे ।
उनले बाहिर आए जस्तो फोरम गणतान्त्रिकले सरकार र मोर्चा नछाड्ने स्पष्ट पारेका छन् । सरकार नछाडी अधिक बार्गेनिङ गरेर सरकारमा सहकार्य गर्दै अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया