छैटै राष्ट्रिय खेलकुद सम्पन्न


महेन्द्रनगर, २१ फागुन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एकल प्रयासले शान्तिप्रक्रिया र संविधान निमार्ण नहुने बताएका छन् । उनले सबैले एकताको भावना राखेर अगाडि बढे १४ जेठको निर्धारित समयभित्र संविधानको टुङ्गो लाग्ने बताए ।
महेन्द्रनगरको खुलामञ्चमा छैटैा राष्ट्रिय खेलकुदको समापन समारोहमा आइतबार बोल्दै प्रधानमन्त्री भट्टराईले एउटा पार्टी र व्यक्तिले मात्रै संविधान निर्माण नहुने बताए । एपिएफ र पिएलएबीच सम्पन्न महिला फुटबलको फाइनलसमेत हेरेका भट्टराईले भने, ‘एक खेलाडीले जति राम्रो गरे पनि खेल जित्न सकिादैन । सबै खेलाडीले एकता र सहकार्य गरे मात्रै जित सम्भव हुन्छ । एउटा पार्टी र व्यक्तिले मात्रै केही गर्न नसक्ने हुादा एकताको भाव सबैले देखाउन जरुरी भएको’ उनले जिकिर गरे । ‘एक व्यक्ति वा पार्टीले एक्लै केही गर्न सक्दैन,’ उनले भने, ‘सबैको सहयोगको आवश्यकता हुन्छ ।’
१४ जेठभित्र शान्ति र संविधानको गोल गर्ने सरकारको लक्ष्य रहेको जनाउादै उनले सो कुरा कुनै पनि बहानामा असफल हुन नदिने दाबी गरे । ‘संविधानसभाबाट जनताको संविधान बन्न दिनुपर्छ,’ भट्टराईले भने । समयमै संविधान निमार्ण गर्न सहमतिको वातावरण बन्दै गएको र पछिल्लो सङ्केत सकारात्मक भएकाले दलहरूबीच सहमतिको वातावरण बनिरहेको उनले बताए ।
आर्थिक र सामाजिक विकासले खेलकुदको विकास हुने जनाउादै सरकारले आर्थिक समृद्धिमा जोड दिने प्रम भट्टराईले बताए । ‘शान्ति र संविधानको टुङ्गो लागेपछि सरकारको मुख्य जोड आर्थिक समृद्धि हुनेछ,’ उनले भने ।
युवा तथा खेलकुदमन्त्री कमला रोकामगरले खेलकुदको विकासका लागि नीतिनिर्माण गरेर यसमा लगानी गर्न चाहेको बताइन् । विद्यालय र कलेज दक्ष खेलाडी उत्पादनको थलो भएको जनाउादै उनले भनिन्, ‘विद्यालय र कलेजमा खेलकुद प्रतियोगिताको आयोजना गर्छौं ।’ त्यसका लागि प्रशिक्षकलाई विद्यालय र कलेजमा केन्दि्रत गराइने उनले बताइन् ।
समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामाले ‘छैटा को खेल प्रगति’ पुस्तक प्रधानमन्त्री भट्टराईलाई प्रदान गरेका थिए । महेन्द्रनगरको खुलामञ्चमा भएको समापन कार्यक्रममा सुदूरपश्चिमको संस्कृति झल्किने झााकी, सनराइज उच्चमाध्यमिक विद्यालयका विद्यार्थीको सामूहिक नृत्य र आतसबाजी प्रदर्शन गरिएको थियो । १४ फागुनदेखि सुदूरपश्चिममा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो ।
एक सातासम्म सुदूरपश्चिमका महेन्द्रनगर, धनगढी र टीकापुरमा सम्पन्न प्रतियोगितामा पााचै विकास क्षेत्र, सशस्त्र, नेपाल प्रहरी, विश्वविद्यालय र माओवादीको पिएलए क्लब टिम सहभागी थिए । प्रतियोगिताका लागि तीन हजार दुई सय ७१ खेलाडी सुदूरपश्चिम पुगेका थिए । त्यहाा तीन सय ९२ प्रशिक्षक, दुई सय ९६ व्यवस्थापक, एक हजार एक सय ७७ निणर्ायक र ९२ जना खेलसम्बद्ध पदाधिकारी गरी पााच हजार दुई सय ३२ जना सहभागी थिए । तीन सय बीस स्वर्ण, तीन सय चौध रजत र चार सय ५७ कांस्यपदकका लागि सबै खेलमा प्रतिस्पर्धा गराइएको थियो ।
भौतिक पूर्वाधारको कमीले प्रतियोगिताका ३२ खेलमध्ये आठ खेल सुदूरपश्चिमबाहिर आयोजना गरिएको थियो । पौडी, गोल्फ, बिलियर्ड्स तथा स्नुकर, साइक्लिङ, स्क्वास, लनटेनिस, सˆटटेनिस र सुटिङ खेल काठमाडौं, पोखरा, ललितपुर, वीरगन्ज र काभ्रेमा आयोजना गरिएका थिए । दुई वर्षपछि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष किरण राईलाई झन्डा हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया