एथलेटिक्समा पुलिस टिम च्याम्पियन

धनगढी, १९ फागुन । छैटौं राष्ट्रिय खेलकुद तथा ३७ औं राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा नेपाल पुलिस क्लब टिम च्याम्पियन भएको छ । कुल ३६ स्वर्ण पदकमध्ये पुलिसले १६ स्वर्ण, १४ रजत तथा पांच कांस्यपदक जित्यो । उपविजयी एपिएफले ११ स्वर्ण, १३ रजत तथा १२ कांस्यपदक जितेको हो । यसैगरी, पश्चिमाञ्चलले तीन स्वर्ण, ६ रजत तथा सात कांस्यपदक जित्यो । १४ या १५ स्वर्णपदकको लक्ष्य राखेको पुलिस क्लबले चन्द्रकला थापाको इन्जुरीका कारण अनुमानित स्वर्ण गुमाएको थियो भने सविता चौधरीको ‘फल्स स्टार्ट’का कारण एक सय मिटरको हर्डल्समा भाग्यमानी ठहरिएको थियो । महिला आठ सय मिटर दौडमा प्रतिभाशाली धाविका मनमति विष्टका कारण पुलिसले कमै आशा गरेको सो स्पर्धामा पनि स्वर्ण जितेको थियो ।

म्याराथनमा कृष्णेश्वरी र अर्जुन
अन्तिम दिन शुक्रबार लामो दूरीमा एपिएफको प्रभाव रहयो । महिला म्याराथनमा कृष्णेश्वरी सिन्तकला तीन घन्टा ११ मिनेट २९ सेकेन्डमा रेस पूरा गर्दै स्वर्णपदक जित्न सफल भइन् । उक्त स्पर्धामा मध्यपश्चिमकी पुष्पा भण्डारी तीन घन्टा २८ मिनेट १७ सेकेन्ड समयका साथ रजत तथा एपिएफकी सोनुदया राई तीन घन्टा ३२ मिनेट १६ सेकेन्ड समयका साथ दोस्रो भइन् ।
पुरुष म्याराथनमा एपिएफका अर्जुन ढकाल दुई घन्टा २० मिनेट नौ सेकेन्ड समयका साथ स्वर्ण जित्न सफल भए । पुलिसका नारायण देसार दुई घन्टा २९ मिनेट ३९ सेकेन्ड समयका साथ दोस्रो तथा एपिएफका खेमबहादुर खत्री दुई घन्टा २९ मिनेट १३ सेकेन्ड समयका साथ तेस्रो भए । अर्जुन ढकाल उक्त सफलतासागै तीन राष्ट्रिय च्याम्पियनसिपमा ६ स्वर्णपदक जित्न सफल भएका छन् । उनले ३५ औंदेखि लगातार तीन राष्ट्रिय च्याम्पियनसिपमा १० हजार मिटर दौड र म्याराथनको स्वर्णपदक जितेका हुन् ।

आठ सय मिटरमा सिद्धान्त र मनमति
आठ सय मिटर दौडका दुवै स्पर्धामा पुलिस क्लबले स्वर्ण जित्यो । पुरुषमा सिद्धान्त अधिकारीले दुई मिनेट शून्य दशमलव शून्य ६ सेकेन्ड समयका साथ स्वर्णपदक जिते । पश्चिमका ऋषिराम सापकोटाले दुई मिनेट दुई दशमलव नौ सेकेन्ड समयका साथ रजत तथा नेपाल पुलिसका राधेश्याम कावाले दुई मिनेट तीन दशमलव २० सेकेन्ड समयका साथ तेस्रो भए । सिद्धान्तले जितपछि मिडल स्पि्रन्टमा डबल गोल्ड हात पार्न पाएकोमा खुसी लागेको बताए । उनी यसअघि एक हजार पांच सय मिटर दौडमा स्वर्ण तथा चार सय मिटर दौडमा रजतपदक जित्न सफल भएका थिए । पुलिसले चारगुणा चार समय मिटरको स्वर्णपदक जित्दा सिद्धार्थ पनि टोलीका सदस्य थिए ।
महिलातर्फ प्रतियोगितामा अस्वाभाविक प्रतिभाका साथ देखिएकी मनमति विष्टले सोही स्पर्धा दुई मिनेट २५ दशमलव ३० सेकेन्ड समयका साथ स्वर्ण जितिन् । पश्चिमाञ्चलकी मनिषा अधिकारीले दुई मिनेट २५ दशमलव चार सेकेन्ड समयका साथ रजत तथा पश्चिमाञ्चलकी लक्ष्मी पाण्डेले दुई मिनेट २८ दशमलव ८० सेकेन्ड समयका साथ कांस्यपदक जित्न सफल भए ।
स्वर्णविजेता मनमति प्रतियोगितामा दुई स्वर्ण र दुई रजतपदक जित्न सफल भइन् । उनी चारगुणा सय मिटर रिलेको उपाधिविजेता पुलिस क्लबको टोलीमा पनि समावेश थिइन् । पुलिसले ५२ दशमलव नौ सेकेन्ड समयमा चारगुणा सय मिटर महिला रिलेको उपाधि जितेको हो । उपाधिविजेता टोलीमा सावित्री नेपाली मनमति विष्ट, आरति पाठक र केशरी चौधरी समावेश थिए । उक्त स्पर्धामा ५३ दशमलव नौ सेकेन्ड समयका साथ रजत तथा पश्चिमाञ्चलले ५४ दशमलव चार सेकेन्ड समयका साथ कांस्यपदक जिते । मध्यमाञ्चलले पुरुष चारगुणा सय मिटर रिलेको उपाधि  जित्यो ।

लङजम्पमा केशरी र ध्रुवनारायण
११ दशमलव शून्य सात मिटर उफ्र्दै केशरी चौधरीले यस राष्ट्रिय च्याम्पियनसिपको तेस्रो तथा राष्ट्रिय च्याम्पियन सिपमा ११औं स्वर्णपदक जित्न सफल भइन् । एपिएफकी दिलमाया कार्की १० मिनेट शून्य दुई मिटर नाघेर रजतपदक पाइन् भने एपिएफकै शीला चौधरीले नौ मिनेट २६ मिटर नाघेर तेस्रो स्थान पाइन् । पुरुषतर्फ पुलिस क्लबका ध्रुवनारायण उरावले १३ दशमलव ५० मिटर नाघेर स्वर्ण जिते । मध्यपश्चिमका यम साजन सुनुवारले १३ दशमलव १० मिटर नाघेर रजतपदक जिते । एपिएफका बालकृष्ण चौधरी १२ दशमलव ९५ मिटर नाघेर तेस्रो भए ।

नयाँ स्टार सः  मनमति, सविता र याम साजन
यसै प्रतियोगितामा तीन नयां स्टार उदाए । अस्वाभाविक प्रतिभा भएकी कञ्चनपुरकी मनमति विष्ट प्रहरी विभागमा दुइ वर्षअघि आबद्ध भएकी थिइन् । उनले एक वर्षअघि मात्र प्रशिक्षक नरबहादुर शाहीको सल्लाहमा खेल क्षेत्रमा प्रवेश गरेकी थिइन् । चार सय मिटर हर्डल्समा रजतपदक विजेता मनमतिले चारगुणा सय मिटर रिलेमा पुलिसले रजतपदक जित्दा एकदमै छिटो समयमा कुदेकी थिइन् । पुलिस क्लबले उनीबाट चार सय मिटर दौडमा राम्रो नतिजाको आशा गरे पनि जुनियर भएका कारण ‘ओभरलोड’ नगराएको हो ।
एपिएफको प्रतिनिधित्व गरेकी कैलालीकी सविता चौधरीले एक सय मिटर हर्डल्सको हिटमा राष्ट्रिय कीर्तिमान कायम गरे पनि फाइनलमा फलस्टार्ट गरेकी थिइन् । चार सय मिटर हर्डल्समा उनले राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितेकी थिइन् । एपिएफले उनको उपस्थितिमा चारगुणा चार सय मिटर रिलेको उपाधि जितेको थियो ।

भलिबलमा पुलिसलाई स्वर्ण, अञ्जुद्वारा सन्न्यास
महिला भलिबलमा नेपाल पुलिस क्लबले स्वर्णपदक जित्यो । फाइनलमा पुलिसले परिचित प्रतिद्वन्द्वी पश्चिमाञ्चललाई १४-२५, २५-८, २५-१८, २५-१९ ले पराजित गर्‍यो । पुलिसलाई उपाधि दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकी ब्लकर तथा क्विक स्पाइकर कोपिला उप्रेती प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन् ।
पहिलो सेटमा पश्चिमाञ्चलले जित हात पारेपछि पुलिसले दुई ब्लकर राखेर रोक्ने नीति लिएको थियो । पुलिसका प्रशिक्षक सुदेश रिमालले पहिलो सेटमा ब्लक नराखे पनि दोस्रो सेटदेखि ब्लकिङमा राम्रो भएका कारण पश्चिमाञ्चल कमजोर बनेको बताए । उनले यसै प्रतियोगितामा कमला पुनमगरलाई टोलीमा भित्रयाए पनि उनी तीन मात्र टोलीको साथमा रहेकीले त्यत्ति राम्रो अवसर भने पाइनन् । मध्यमाञ्चललाई हराउादै एपिएफले कांस्यपदक जित्यो ।
फाइनल समाप्तिपछि राष्ट्रिय खेलाडी तथा मध्यमाञ्चलकी कप्तान अञ्जु श्रेष्ठले सन्न्यासको घोषणा गरिन् । नेपालले १० अै सागमा कांस्यपदक जित्दा टोलीको कप्तान
अञ्जु थिइन् ।

प्रतिक्रिया