वन्दले पूर्वको जनजीवन प्रभावित

विराटनगर, १९ फागुन । आदिवासीमा सूचिकृत गर्नुपर्ने लगायतका माग राखेर व्रम्हण समाजले आज आव्हान गरेको वन्दले गर्दा पूर्वाञ्चलको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण पूर्वका सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सार्वजनिक सवारी साधन चलेका छैनन । पहाडी क्षेत्र र कोशी पश्चिममा सार्वजनिक यातायात संचालनमा रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सुनसरीको ईटहरी, विराटनगर लगायतका शहर वजारमा पसलहरु फाट्टफुट्ट मात्र खुलेका छन । वन्दले गर्दा यात्रुहरुले सास्ति भोग्नु परेको छ । विराटनगरमा व्राम्हण समाजका कार्यकर्ताले महेन्द्र चौक र वरगाछी चौकमा सडकमै शंख फुकेर रुद्रि पाठ गरेका छन ।
व्राम्हणहरुलाई पनि आदीवासी जनजातीमा सूचिकृत गरिनुपर्ने, समयमै संविधन निर्माण गर्नुपर्ने लगायतका मागहरु राखेर व्राम्हण समाज नेपालले सरकारलाई दवाव दिने भन्दै पूर्वाञ्चलमा वन्दको आव्हान गरेको हो ।

प्रतिक्रिया