द्रुत मार्गका लागि उपसमिति गठन

काठमाडौं, १८ फागुन । संसदको सार्वजनिक लेखा समितिले तराई र काठमाडौं जोड्ने फाष्ट ट्रयाक निर्माणका बिषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले एमाले सभासद रविन्द्र अधिकारीको संयोजकत्वमा उपसमिति गठन गरेको सभापति रामकृष्ण यादवले जानकारी दिए । उपसमितिले एक महिना भित्र द्रुत मार्गका बिषयमा आफ्नो अध्ययन प्रतिवेदन समितिमा बुझाउनुपर्ने छ ।
लामो समय हुँदा समेत अपेक्षा गरिए अनसार काम हुन नसकेको गुनासो बढेपछि लेखाले रक्षा र भौतिक योजना मन्त्रालयका सचिव तथा नेपाली सेनाका उच्च अधिकारीलाई बोलाएर सोधपुछ गरेको थियो । उनीहरुले फाष्ट ट्रयाकको काम नियमित भईरहेको भन्दै बचाउ गरेका थिए ।
उपसमितिका सदस्यमा प्रल्हाद लामिछाने, उषा गुरुङ, गंगा पराजुली र सर्वदेव ओझा रहेका छन । फाष्ट ट्रयाक निर्माणको काम नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया