लोडसेडिङको विरोधमा आन्दोलन

दाङ, १८ फागनु । कतै १८ घण्टासम्म लोड सेडिङ हुँदा पनि सहनु परेको छ । तर कतै भने लोडसेडिङ हुने भनेर हल्ला नआउदै विरोधको कार्यक्रम सार्वजनिक भएका छन् ।
जिल्लामा आउदो फागुन २० गते देखि लोडसेडिङ गर्ने भन्ने खवर आउने वित्तिकै प्युठान र रोल्पाका स्थानियवासीले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । जिल्लामा एक घण्टापनि लोडसेडिङ हुन नहुने उनीहरुको माग छ ।
दुबै जिल्लाका क्रियाशील राजनीतिक दल, उपभोत्ताहरु र नागरिक समाजहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन । राष्ट्रिय उपभोक्त्ता मञ्च रोल्पाका अध्यक्ष मोहन परियारले लोड सेडिङको विरोधमा चरण बद्ध रुपमा बिरोध गर्ने बताए ।
रोल्पा र प्युठानमा पहिलोपटक फागुन २० गतेदेखि दैनिक बिहान ३ घण्टा र बेलुकी ३ घण्टा गरी ६ घण्टा लोडसेडिङ गर्ने झिमरुक जलविद्युत केन्द्र दारिमचौर प्युठानले जनाएको थियो । यस अघि रोल्पा र प्युठानमा लोडसेडिङ भएको थिएन । प्यठानमा झिमु्रक जलविद्युत आयोजना रहेकाले रोल्पा र प्युठानमा लोडसेढिङ थिएन ।

प्रतिक्रिया