‘ग्याङस्टर’ छोडेर ‘हिरोइन’तिर

काठमाडौँ, केही दिनअगाडि ग्याङस्टर चलचित्र निर्माणको घोषणा गरेका निर्माता तथा नायक रोज राणाले त्यसलाई बीचैमा थाती राखेर अर्को चलचित्रको काम सुरु गरेका छन् । यतिखेर उनी चलचित्र ‘हिरोइन’ बनाउने तयारीमा लागेका छन् ।
सोफिया सिने आर्टको ब्यानरमा निर्माण हुने उनको यो चलचित्र सातौँ हो । यसका लागि इजाजतपत्र लिइसकिएको उनले जानकारी गराए । ‘ग्याङस्टर’ छाडेर किन ‘हिरोइन’ तिर लागे त उनी ? भन्छन्, ‘पछिल्लो समय पुराना धारका चलचित्रभन्दा नयाँ धारकाले निकै सफलता हात परेका छन् । दर्शकलाई नयाँ स्वाद चखाउन हिरोइनको तयारीमा लागेको हुँ । यसको कथा नयाँ पाएँ । फेरि, यसमा ग्याङस्टरमा जस्तो धेरै कलाकारको झन्झट पनि छैन ।’ यसअघि ग्याङस्टरमा उनले नौजना नायक रहने बताएका थिए । पछिल्लोचोटि बनाउन लागिएको हिरोइनमा भने नायक अलि पाको उमेरको र एउटी ग्ल्यामरस नायिका रहने उनले जानकारी गराए ।
‘यस चलचित्रमा कुनै पनि केटी ‘चलचित्र क्षेत्र’मा आउनुअघिको सङ्घर्ष, आएपछिको क्रियाकलाप र सफलताका कुरालाई विषय बनाइएको छ,’ उनले भने । उनका अनुसार यसमा प्राविधिक पक्ष ग्याङस्टरकै रहने भए पनि कलाकार फरक रहनेछन् । कलाकार फाइनल भइनसकेको यस चलचित्रको निर्देशन पनि उनी आपैmँले गर्न सक्ने निर्माता रोजले बताएका छन् ।  (सौस)

प्रतिक्रिया