आकाश खस्दै छ !

वासिङ्टन, के तपाईंलाई आकाश नजिक आउँदै छ जस्तो लाग्छ ? लाग्छ भने तपाईंको सोचाइ गलत छैन । अमेरिकी वैज्ञानिक संस्था नासासँग आबद्ध एक विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानले यस्तै रोचक तथ्य पत्ता लगाएको छ ।
नासाको आर्थिक सहयोग प्राप्त न्युजिल्यान्डमा रहेको अकल्यान्ड विश्वविद्यालयका अनुसन्धाताले दस वर्ष लामो अनुसन्धानबाट यस्तो तथ्य पत्ता लगाएका हुन् । मार्च २००० देखि  फेब्रुअरी २०१० सम्म आकाशमा मडारिने बादलको उचाइबारे अनुसन्धान गरिएको थियो । यसका लागि नासाका उपकरण र भूउपग्रहको समेत उपयोग गरिएको थियो ।
‘जियोफिजिकल रिसर्च लेटर्स’ नामक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा बादलको उचाइ लगातार घटिरहेको उल्लेख छ । अध्ययन अवधिभर बादलको उचाइ सयदेखि एक सय ३० फिटले घटेको प्रतिवेदनमा जनाइएको छ ।
बादलको उचाइ लगातार घटिरहेको तथ्य प्रकाशमा आएपछि यसले विश्व तापमानमा कस्तो असर पु¥याउँछ भन्ने विषयमा वैज्ञानिकमाझ विमर्श सुरु भएको छ । बादल नजिक आउँदा पृथ्वीको सतह चिसो हुने भएकाले यसले विश्व तापमानको दुष्प्रभावलाई कम गर्ने वैज्ञानिक अनुमान छ । (एजेन्सी)

प्रतिक्रिया