जातीय आधारमा पुनःसंरचना गर्नुहुँदैन

सौर्य समाचार
काभ्रे, ६ फागुन । राष्ट्रपति डा. रामवरण यादवले क्षेत्रीयता र जातीयताका आधारमा राज्य पुनःसंरचना गर्न नहुने बताएका छन् ।
उग्रतारा गाविसको पुलबजारमा शनिबार मध्यमाञ्चल महोत्सव उद्घाटन गर्दै राष्ट्रपति डा. यादवले जातीय र क्षेत्रीय आधारमा राज्य पुनःसंचरना गरेर अखण्ड राज्यलाई टुक्रयाउन नहुने बताएका हुन् । ‘जातीयता, क्षेत्रीयता र संस्कृतिको पहिचानसहितको आधारमा पुनःसंरचना गर्नुपर्छ,’ उनले भने, ‘९० प्रतिशत नेपालीले सिङ्गो राज्यको पहिचान खोजेका छन् ।’
उनले नेकपा -एकीकृत माओवादी), नेपाली कााग्रेस, नेकपा -एमाले) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुलाई संविधानसभा बाहिर रहेर काम नगर्न आग्रहसमेत गरे । अन्तरिम संविधानले पुलको काममात्रै गरेकाले परिवर्तनलाई संस्थागत गर्न शान्ति र संविधानको काम थप समयमा सक्नुपर्ने उनले बताए ।
उनले भने, ‘शान्ति र संविधानको सुनिश्चितता नभएकै कारण ए माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुादा युरोपलगायतका देशबाट आएका उद्योगीहरु भारतको उत्तराखण्डमा गएका हुन् ।’ अस्थिर सरकारबाट मुलुकले घाटाबाहेक केही नब्यहोर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया