प्रजातन्त्र दिवसप्रति सरकारी पूर्वाग्रह

विश्वमै स्वतन्त्र पहिचान र अस्तित्व कायम राख्न सफल हिमाली काखमा अवस्थित नेपालको आˆनै इतिहास छ । मुलुक र नेपाली जनताको स्वतन्त्रता कायम राखिरहन थुप्रै वीरवीराङ्गनाले आˆनो अमूल्य जीवन गुमाएका छन् । यसै परिप्रेक्ष्यमा विभिन्न राजनीतिक क्रान्ति, जनआन्दोलनका क्रममा नेपाल आमाका थुप्रै सपूतले तातो रगत बगाइसकेका छन्,  जसले गर्दा विशाल छिमेकी मुलुकका बीचमा अवस्थित यो नेपाली मुलुक आजसम्म स्वतन्त्र अस्तित्व राख्न सफल भएको छ । स्वतन्त्रताप्रेमी आमनेपाली जनताका लागि यो खुसीको कुरा हो ।
विडम्बना, नेपाल र नेपालीलाई नयां युगमा प्रवेश गराउने ऐतिहासिक दिन सात फागुनको प्रजातन्त्र दिवसप्रति वर्तमान सरकारले कुनै औपचारिक कार्यक्रम नगरेर नेपालीको स्वतन्त्रताका लागि लड्ने सहिदहरूको अवमूल्यन गरेको छ । ७ फागुन अर्थात् प्रजातन्त्र दिवस नेपाललाई एक सय चार वर्षे जहानियां राणाशासनको चङ्गुलबाट मुक्ति दिलाउने ऐतिहासिक दिन थियो । ०७ सालको यो दिन नेपालको बन्द समाजलाई खुला रूपमा अवतरण गराइएको दिन हो । सरकारमा रहेका राजनीतिक दलहरूले यसलाई नेपाल र नेपालीका लागि मुक्तिगामी दिनका रूपमा मनाउनको साटो सानो औपचारिक कार्यक्रमसमेत नगरेर आन्दोलनमा सहभागी राजनीतिक दल तथा सहिदहरूप्रति उपेक्षा गरेको छ ।
प्रजातन्त्र दिवस नमनाउने वर्तमान सरकारमा एमाओवादी र मधेसवादी दलहरू रहेका छन् । सरकारको नेतृत्व गरेको एमाओवादीले ०७ सालको आन्दोलनलाई आन्दोलन नै मान्दैन । उसको सोचाइमा त्यो राजनीतिक क्रान्ति नै होइन भन्ने सुरुदेखिकै दृष्टिकोण हो । हुनत ०७ सालको आन्दोलन राजनीतिक क्रान्ति थिएन र त्यसलाई हामी मान्दैनौ भनेर प्रधानमन्त्रीका सल्लाहकारले सार्वजनिकरूपमै पुष्टि पनि गरिसक्नुभएको छ । एमाओवादीले नेपाली समाज र राजनीतिक घटनाक्रमलाई विश्लेषण गर्ने कुरा आग्रहपूर्ण मात्रै होइन कि सम्पूर्ण कुरामा त्रुटिपूर्ण र मूर्खतापूर्ण पनि छ । पहिलो, एमाओवादीले नेपाली राजनीतिको विकासक्रमलाई सही रूपमा ठम्याउनै सकेको छैन भन्ने पुष्टि गरेको छ । अर्को कुरा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आˆनो नेतृत्वमा सहमतिको सरकार निर्माण गर्छु भन्ने कुरा गरिरहनुभएको छ ।
जुन पार्टीको नेताले मुलुकको अग्रगामी परिवर्तन गर्ने र जनतालाई नयाा युगमा प्रवेश गराउने मुलुकको आन्दोलनको सम्मान गर्न सक्दैन, आन्दोलनमा सहभागी जनता र राजनीतिक दलहरूको संवेदना र संवेदनशीलतालाई बुझ्न सक्दैन भने कसरी राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न सक्छ ? सरकारको यो रबैयाले उनी यति धेरै सङ्कीर्ण, अनुदार, कमजोर नैतिक धरातल भएको व्यक्तिका रूपमा पुष्टि गरिदियो कि अब उनले सहमतिको सरकारको नेतृत्व गर्नसक्छन् भन्ने हैसियत कसरी राख्छन् ? यसले एउटा यो पक्षलाई पनि उजागर गर्छ भने अर्को सरकारको अर्को घटक मधेसवादी दलहरू, जो अधिकांश कांग्रेसबाट गएका नेताहरूले भरिएका छन्, चरम अवसरवादी र कुनै नैतिक धरातल नभएका देखिन्छन् । यद्यपि ती मधेसवादी दलका नेताहरूले कांग्रेससाग असहमति भएरै अलग पार्टी खोलेका हुन् । त्यसमा हाम्रो कुनै आपत्ति र असन्तुष्टि छैन । तर त्यत्रो लामो समय कांग्रेससाग रहेर ०७ सालको आन्दोलन गरेर यो अवस्थासम्म आइपुगेका उनीहरूले पनि त्यो आन्दोलनलाई मान्दैनन् भनेपछि उनीहरूमा कुनै नैतिकता छैन, कुनै राजनीतिक सिद्धान्त छैन
र उनीहरू सिद्धान्तनिष्ट राजनीति गर्दैनन् भन्ने
पुष्टि गर्छ ।
नेपालको राष्ट्रिय दिवस कुन कुनलाई मनाउने भन्ने कुरामा हामीबीचमा छलफल गर्न सकिन्छ । नेपालको राष्ट्रिय दिवसका रूपमा १५ जेठ को गणतन्त्र दिवसलाई मनाउने भन्ने कुरा राजनीतिक दलहरूबीच मोटामोटी समझदारी भइसकेको अवस्था छ र, भोलिका दिनमा त्यो मनाउनमा कुनै आपत्ति छैन तर यसो भन्दैमा आजै वषौ देखि मनाइादै आएको प्रजातन्त्र दिवसलाई चटक्कै बिर्सेर जान सकिादैन । ७ फागुनको प्रजातन्त्र दिवस, २६ चैतको दिन, ११ वैशाखमा लोकतन्त्र दिवस र १५ जेठमा गणतन्त्र
दिवस मनाइएला ।
ती सबैका आआˆनै महत्व छन् । त्यसैले १५ जेठलाई गणतन्त्र दिवस अर्थात् राष्ट्रिय दिवस मनाइरहादा अरु दिनहरूलाई कसरी संस्मरण गर्ने त ? सार्वजनिक विदामात्रै दिएर संस्मरण गर्ने कि सरकारका तर्फबाट औपचारिक कार्यक्रम गरेर मनाउने भन्ने एउटा छलफलको विषय होला । तर ७ फागुनको प्रजातन्त्र दिवसलाई हामी मान्दै मान्दैनौ , यसलाई किन मान्ने भन्ने कुतर्क राखेर प्रजातन्त्र दिवसलाई नमनाइएको हुनुपर्छ ।
कांग्रेसले प्रजातन्त्र दिवस मनाउन कुनै कन्जुस्याइा गरेको छैन । म स्वयम् प्रजातन्त्र दिवस मनाउन ७ फागुनमा हाम्रो पार्टी कांग्रेसका सबैभन्दा बढी सहिदहरूले सहादत प्राप्त गरेको ओखलढुङ्गाको कार्यक्रममा सहभागी भएर आएको थिएा । यस्तै अन्य स्थानमा पनि कांग्रेसका नेता तथा कार्यकर्ताले विभिन्न कार्यक्रम आयोजना गरेर प्रजातन्त्र दिवस मनाएका छन् । प्रजातन्त्र दिवसप्रति कांग्रेस र यसका नेता कार्यकर्ताहरूको सम्बन्ध भावनात्मक रूपमा जोडिएको छ । आगामी दिनमा अर्थात् अर्को वर्षको प्रजातन्त्र दिवस मनाउने जिम्मेवारी त कांग्रेसको काधमा मात्रै आएको छ । किनकि सरकारको नेतृत्वसमेत गरिरहेको एमाओवादी र मधेसवादी दलहरूले सानो औपचारिक कार्यक्रमसमेत गरेनन् र सरकारका तर्फबाट पनि कुनै औपचारिकतासमेत निभाइएन । तसर्थ आमनेपालीलाई एक सय चार वर्षे जहानियां राणा शासनको चङ्गुलबाट मुक्ति दिलाउने ७ फागुनको दिन प्रजातन्त्र दिवसका रूपमा मनाउने जिम्मेवारी कांग्रेसको कांधमा आइपुगेको छ । अबका
दिनमा कांग्रेसले प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउाछ ।
निरङ्कुश राणाहरूको पञ्जाबाट मुक्त भएको दिनलाई जानीजानी कसैले हामी मान्दैनौ वा सम्भदैनौ भन्छन् भने हामीले त्यसको महत्वलाई कम गर्न सक्दैनौ । अब यसको महत्वलाई अझै बढाएर तमाम मुक्तिगामी सहिदहरूलाई हामीले सम्भिनैपर्छ । नेपालका हरेक आन्दोलनकी जननी भनेकै ७ फागुनको आन्दोलन नै हो । आदिवासी जनजातिका आन्दोलन, मधेस आन्दोलनलगायत जनआन्दोलनसमेत सात सालकै आन्दोलनको जगमा भएका छन् । हामीले २०६२/६३ को जनआन्दोलनलाई महान् आन्दोलन भनेर स्थापित गर्दै जांदा सात सालको आन्दोलनलाई बिर्सन मिल्दैन , किनकि यी सबै आन्दोलन, जनआन्दोलन वा राजनीतिक क्रान्ति वा राजनीतिक परिवर्तनको आधारस्तम्भ भनेकै सात सालको आन्दोलन हो । एमाओवादीकै भनाइमा, उनीहरू जनयुद्ध मनाउलान्, कांग्रेसले बिपी दिवस मनाउला अरु पार्टी अन्य दिवस मनाउलान्, तर यसो भन्दैमा हामीहरूले राष्ट्रिय दिवसको महत्व राख्ने ऐतिहासिक दिनको महत्वलाई कदापि बिर्सन मिल्दैन ।
-वार्तामा आधारित)

प्रतिक्रिया