तन्नेरीको ‘फस्र्ट सेक्स’

यौन परामर्शदाताको हैसियतले पहिलोपटक यौन सम्पर्क राख्न लागेका तन्नेरीलाई कस्तो परामर्श दिने भन्ने विषयमा मैले हरेक महिना सोच्नुपरेको छ । योलेख पढ्नेजति सबै कुमार अथवा कुमारी नहुन पनि सक्छन् । यद्यपि, तपाईंलाई कुनै बेला त्यस्ता तन्नेरीलाई सुझाव दिनुपर्ने हुनसक्छ । त्यतिबेला तपाईालाई यो लेखमा उल्लेख भएको जानकारी उपयोगी हुनसक्छ ।
पहिलो पटक सेक्स गर्दा कुन कुरामा ध्यान पुर्‍याउने भन्ने महिला र पुरुष दुवैका लागि उत्तिकै उपयोगी विषय हो । समलिङ्गी अथवा इतरलिङ्गी
-हेटरोसेक्सुअल) जो कोही पनि यसबाट लाभान्वित हुन सक्छन् । अभिभावक र परामर्शदाताका लागि पनि यससम्बन्धी जानकारी उपयोगी हुन सक्छ ।
आˆनै जीवनको एउटा घटनाबाट कुरा सुरु गरौा । करिब पचास वर्ष अगाडिको कुरो हो । एक दिन मैले बुवासाग सोधे, ‘म यौन सम्पर्क राख्न योग्य अथवा परिपक्क्व भएा भन्ने कसरी थाहा पाउने ?’ त्यतिबेला बुवाले मलाई सुझाव दिनुभएको थियो । त्यतिबेलाको समयमा त्यस्तो सुझाव दिने बाबुलाई प्रगतिशील नै मान्नुपर्छ । उहांको सुझावलाई बेवास्ता गर्ने काम कहिल्यै गरिना ।
बुवाले त्यतिबेला भन्नुभएको थियो, ‘सबैभन्दा पहिले आˆनो यौन साथीलाई विश्वास गर । गोपनीयता र उपयुक्त समयको प्रबन्ध मिलाऊ । आवश्यक सावधानी अपनाऊ । अर्को कुरा, यौनसाथीलाई म प्रेम गर्छु र उसाग विवाह गर्न समेत मलाई कुनै आपत्ति छैन भन्नेमा विश्वस्त होऊ ।’ यौन परामर्शदाताका हैसितयले आज मैले तन्नेरीहरूलाई सुझाव दिनुपर्दा बाबुले भनेका कुरालाई सम्भिmने गरेको छु र त्यस्तै  खालको परामर्श दिने गरेकी छु ।
पहिलोपटक यौन सम्पर्क राख्नुपूर्व असल नियतका साथ सेक्स गर्दै छु र यसले मलाई खराब गर्दैर्न भन्नेमा तन्नेरीहरू विश्वस्त हुनुपर्छ । यस्तो सोचाइ आयो भने यौन साथीप्रति तपाईंमा प्रेम जाग्छ, उसको अगाडि खुलस्त हुने इच्छा बढ्छ र केही कौतुहलता पनि उत्पन्न हुन्छ । त्यतिबेला तपाईंले दबाब महसुस गर्नु हुादैन ।
यौन साथीले तपाईंको शरीर, भावना र आत्मस्वाभिमानलाई कुशलतापूर्वक सम्हाल्न सक्छ भन्नेमा पनि तपाईं विश्वस्त हुनुपर्छ । साथै तपाईंले सेक्सका लागि आवश्यक तयारी समेत गर्नुपर्छ । कतिपय तन्नेरी कामुकता र आवेगको लहडमै रमाउने गर्छन् । यो उत्ताउलो स्वभाव हो । आवश्यक तयारीले तपाईंको भलाइ गर्छ । कहिले र कहां सेक्स गर्ने भन्ने सोच्नुहोस् । योजनाबारे यौन साथीसाग छलफल गर्नुहोस् । समय, गोपनीयता, सहज र आरामदायी परिवेश तथा सरसफाइको व्यवस्था मिलाउनुहोस् । पहिलो सेक्सको अनुभव तपाईंले कल्पना गरेभन्दा नितान्त भिन्न हुनसक्छ । महिला तथा पुरुष दुवैका लागि यो अस्तव्यस्त समेत हुनसक्छ । सेक्सपूर्व तपाईंले सावधानी अपनाउनु आवश्यक हुन्छ । अनावश्यक गर्व नरहोस् भनेर मात्र नभई, रोग नलागोस् भन्नेप्रति पनि तपाईं उत्तिकै चनाखो हुनुपर्छ । कण्डमको प्रयोगले अवाञ्छित गर्भ र यौन रोग दुवैबाट मुक्ति दिन सक्छ । भर्खरै खरिद गरिएको कन्डम प्रयोग गर्नु राम्रो हुन्छ । गोजी अथवा पर्समा वर्षौादेखि कोचेर राखिएको कन्डम प्रयोग नगर्नुस् । यौन सम्पर्कलाई सरल र आरामदायी बनाउन र यौनाङ्गको सुखापनबाट हुनसक्ने कष्ट कम गर्न थुक -र्‍याल) ले केही मद्दत पुर्‍याउन सक्छ । तर, यसका लागि बजारमा चिल्लो पदार्थ पाइन्छन् । यसको जोहो गर्नाले तपाईंको भलाइ गर्छ । पहिलो यौन सम्पर्कबाट धेरै आशा नगरेकै राम्रो । पहिलो अनुभवले हतोत्साही गराउन सक्छ । यसले पीडा दिन सक्छ । नयांखालको आवाज र गन्धसाग तपाईंको साक्षात्कार हुनसक्छ । सेक्सका बेला शरीरले कसरी काम गर्छ भन्ने बुझिसकेपछि मात्रै तपाईंले सेक्समा सहजता महसुस गर्न सक्नुहुन्छ ।
साभारः साइकोलोजी टुडे

प्रतिक्रिया