माओवादीले मुलुक चलाउन सक्दैनः ओली

विमल नेपाल ,
सिन्धुपाल्चोक, १० फागुन । एमाले नेता केपी ओलीले अहिलेको सरकार नै शान्ति र संविधान निर्माणको वाधक भएको वताएका छन् । एमाले सिन्धुपाल्चोकको दुई नम्बर क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उनले यस्तो वताएका हुन् ।
उग्रवामपन्थी माओवादी र यथास्थितिमा रम्न चाहने कांग्रेसले शान्ति र संविधानलाई निश्कर्षमा पु¥याउन नसक्ने वताउदै त्यसको वैकल्पिक शक्ति एमाले मात्र भएको उनले दावी थियो । उनले भने, ‘मान्छे मारेर आएको माओवादीले देश हाँक्न सक्दैन ।’
ओलीले राज्यको ढुकुटी दुरुपयोग नगर्न माओवदीलाई चेतावनी दिएका छन् । उनले जनयुद्धका नाममा माआवादीले अनुचित ढंगमा सुरु गरेको द्धन्दले नै तत्कालिन राजाले प्रतिगमनको साहस गरेको आरोप लगाए ।
माओवादी सेना पुनःस्थापना विवादप्रति लक्षित गर्दै उनले भने, ‘लडाकूको जवानी पनि लुटे, पैसा पनि लुटे, लुटेर खाने बानी परेकालाई लाज हुदोरहेन छ ।’
संघीयता वाँडफाँडले राष्ट्रिय अखण्डतामा विखण्डन ल्याउने तर्क गर्दै ओलीले जातीय आधारमा राज्यलाई टुक्रयाउन मधेशवादी शक्ति लागिपरेको आरोप लगाए ।

प्रतिक्रिया