सभासद काफ्लेको अवस्था चिन्ताजनक

गणेश लम्साल
विराटनगर, १० फागुन  । एकिकृत माओवादिका केन्द्रीय सदस्य तथा सभासद सावित्री कुमार काफले आज दुर्घटनामा परेर गम्भिर घाईते भएका छन् ।
वुधवार धरानवाट विराटनगरतर्फ  आउादै गर्दा धरानको चतरालाईनमा पछाडिवाट आउादै गरेको को १ ज ५९७ नम्वरको  ल्याडरोवरले सभासद काफले सवार मोटरसाईकलाई ठक्कर दिएको थियो । घटनमा मोटरसाईकल चालक धरानका एमाओवादी वाईसिएल इन्र्चाज विनोद दियाली पनि घाईते भएका छन । माटरसाइकल चालक दियालीको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । उनको अवस्था भने समान्य रहेकेा प्रहरीले जनाएको छ । सभासद् काफ्ले चढेको मोटरसाइकललाई ठक्कर दिने ल्याण्डरोवर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको पुर्व क्षेत्रिय प्रहरी कार्यालयले जनाएका छ  ।
सभासद् काफ्लेको भने टाउकोमा गम्भिर चोट लागको र अवस्था चिन्ताजनक रहेको विराटनगर स्थित न्युरो अस्पतालमा तत्काल उपचारकालागि ल्याईएको छ ।  उनको अवस्था भने चिन्ताजनक अस्पतालका न्यरो सर्जन डा वाईवी रोकाले जानकारी दिए ।
काफ्ले कोचिला राज्य समितीका सचिव  समेत हुन । उनी मोरङको ३ नं क्षेत्रवाट प्रत्यक्षतर्फवाट संविधानसभाको सभासदमा निर्वाचित भएका हुन ।
दुर्घटना पश्चात संघिय मामला तथा  संघिय व्यावस्था मन्त्री गोपला किार्ती  एमाओवादी पोलिटव्युरो सदस्य तथा केाचिला राज्य समिती ईन्र्चाज हरिवोल गजुरेल, पुर्वक्षेत्रिय प्रहरी कार्यालयको नायव महानिरिक्षक सुरेन्द्र वहादुर शाह, मोरंगका प्रमुख जिल्ला अधिकारी तरानाथ गौतम लगायत सयौ कार्यकर्ता र शुभचिन्तकहरु अवस्था वुझन अस्पतालमा भेला हुन थालेका छन् ।

प्रतिक्रिया