म त प्रधानमन्त्री हुन्नँ, अरुणिमा लम्साल, नायिका

दिन कसरी बित्दै छन् ?
पछिल्लो समय म घरमै बसेर बच्चा स्याहारिरहेकी छु ।
राजनीति कत्तिको मन पर्छ ?
मन त पर्छ तर फोहोरी राजनीतिचाहिँ होइन । राजनीति अलिअलि त बुझ्नै प¥यो नि, होइन र ?
राजनीतितिर लाग्ने विचार छ कि ?
छैन, त्यो त । राजनीतिमा लाग्ने सोख नै छैन ।
राजनेत्रीको पात्रमा अभिनय गर्न परे ?
गर्छु, एकदमै मन पर्छ पनि । मलाई यसै पनि विभिन्न पात्रको अभिनय गर्न मन लाग्छ । त्यो पात्रमा अहिलेसम्म गरेकी छैन । पाएँ भने त्यो भूमिका निभाउन सक्छु पनि ।
मन पर्ने नेता को हुन् ? किन ?
गगन थापा । किनकि युवापुस्ताबाट नयाँ जोसजाँगर बोकेर उहाँ आउनुभएको छ । उहाँको सोचविचार पनि बौद्धिक देखिन्छ । उहाँजस्तो मान्छेचाहिँ अलि ठूलो पोस्टमा भइदिएको भए केही हुन्थ्यो कि देशमा !
तपाईं प्रधानमन्त्री भइदिएको भए ?  
प्रधानमन्त्री त हुन्नथेँ । त्यो यति ठूलो पद हो कि मैले ह्यान्डल गर्नै सक्दिनँ । त्यो पदले ठूलो कार्यभार बोकेको हुन्छ । जसले त्यो जिम्मेवारी सही किसिमले निर्वाह गर्न सक्दैनन्, त्यो मान्छे प्रधानमन्त्री हुने नै होइन । अरूलाई पनि त्यही सल्लाह दिन्छु बरु ।
अहिलेको शिक्षामन्त्री को हुन्, थाहा छ ?
थाहा छैन, मलाई अहिले त ।
शिक्षामन्त्रीलाई केही सुझाव ?
देशको कुनाकुनामा शिक्षा पुराउनुपर्‍यो । विकसित जिल्लाहरूमा मात्र शिक्षालाई धेरै महत्व दिइएको छ । अविकसित जिल्लामा पनि शैक्षिक पहँुच बढाइदिन शिक्षामन्त्रीलाई आग्रह गर्छु । अहिलेको एकाइसौँ शताब्दिमा सम्पूर्ण बालबालिका शिक्षित हुन जरुरी छ ।
अहिलेको सरकार कस्तो लाग्छ ?
अहिलेको सरकारमा पार्टीभित्रैको मतभेद र द्वन्द्वका कारण शान्तिप्रक्रिया बिचल्लीमा छ । त्यसैले ती मतभेद र द्वन्द्व मनैबाट फाल्नुपर्छ । आपूmआपूmमा मेलमिलाप भयो भने मात्रै सामूहिक रूपमा देशबारे सोच्न सकिने हुन्छ । त्यसैले हरेक पार्टीमा मेलमिलाप हुनुप¥यो ।
नेताको आदर्श के हुनुपर्ला ?
देशका कमीकमजोरी अनि आवश्यकतालाई ध्यान दिएर त्यसकै लागि काम गर्ने अनि विदेशीले दिएका सहयोगलाई इमानदारीसाथ सदुपयोग गर्नेलाई आदर्श नेता मान्न सकिन्छ जस्तो लाग्छ अहिलेको स्थितिमा ।
प्रस्तुति ः विशाल

प्रतिक्रिया