ईरानमा लागेको प्रतिवन्ध कडा बनाउन अमेरिकी आग्रह

काठमाडौं, ६ फागुन । अमेरिकाले ईरानमा लगाईएको अन्तर्राष्ट्रिय नाकाबन्दीको महत्व बझ्न आग्रह गर्दै चीन, भारत, पाकिस्तान र रुससँग तेल आयात नगर्न सुझाव दिएको छ ।
अमेरिकाले ईरानमा लागेको प्रतिवन्धलाई कडा बनाउन चीन, भारत, पाकिस्तान र रुस आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता विक्टोरिया नूलैण्डले बिशेष गरेर ईरानको तेलमा लगाईएको अन्तर्राष्ट्रिय प्रतिवन्धका बिषयमा सरकारसँग परामर्श गरिएको जनाएकी छन् ।
उनले अमेरिका र अन्य मुलुकले लगाएको प्रतिवन्धले ईरानलाई असर पर्न थालेको समेत दाबी गरेकी छन् । ईरानमा लगाईएको प्रतिवन्धले असर गरेपछि उसले बार्ताको प्रस्ताव गरेको समाचारमा उल्लेख छ । भारत, चीन, रुस र पाकिस्तानले धेरै तेल ईरानबाट आयात गर्छन ।

प्रतिक्रिया