मेरो इन्टेरियर दृष्टि

माल्भिका सुब्बा, पूर्व मिस नेपाल

इन्टेरियर डिजाइनलाई कसरी बुझ्नुहुन्छ ?
कोठा या घरलाई सही तरिकाले सजाउनु नै इन्टेरियर डिजाइन भनेर बुझ्छु । वास्तुशास्त्र हेरेर कतापट्टि आफ्नो रुम फर्केको छ, त्यसैका आधारमा रङ, पर्दा, बेड, सोफा टेबुल उपयुक्त किसिमले मिलाएर राख्नुलाई नै इन्टेरियर डिजाइन भन्न रुचाउँछु ।
नेपालमा यसबारेको सचेतना कत्तिको देख्नु भा’छ ?
नेपालमै त नभनौंँ, तर काठमाडौँको परिप्रेक्ष्यमा हेर्दाचाहिँ धेरै अगाडि बढिसकेको छ । घरका कोठामा मात्र नभएर कार्यालयमा पनि यसबारेको सजगता देखिन्छ । स्टोर, अफिसलाई राम्रो देखाउने र काम गर्ने राम्रो वातावरण बनाउने सचेतना जागिसकेको छ ।
इन्टेरियर डिजाइनको आवश्यकता किन ?
कोठाको साजसजावटको प्रभाव मान्छेको मानसिकतामा पनि परिरहेको हुन्छ, जस्तै राम्रो लाइटको प्रयोग ग¥यो, राम्रो वालपेपर लगायो भने मान्छेको मन मुड पनि राम्रै हुन्छ । तर कोठामा सामान भद्रगोल बनाइराख्दा, पर्खालमा एकदमै गाडा या एकदमै रातो रङ लगाउँदा टाउको दुख्ने हुन्छ । त्यसैले पनि यसमा ध्यान दिनु आवश्यक छ ।
आप्mनो कोठाचाहि“ कसरी सजाउनु भा’छ नि ?
काममै व्यस्त हुने भएकाले त्यति ध्यान दिन पाएकी छैन, तर पनि सकेसम्म राम्रो पार्ने प्रयास गरिरहन्छु । मेरो कोठाको डिजाइनअनुसार अगाडिपट्टि टिभी छ, किनकि मलाई टिभी हेरिरहनुपर्छ । साइडमा टेबल छ, त्यहाँ आफूलाई चाहिने सामान राखेकी छु । डेली लाइफलाई कसरी सहज हुन्छ, त्यसरी नै सजाएकी छु ।
बेडरुम कस्तो हुनुपर्छ ?
मलाई ठूलो बेडरुम मन पर्छ । त्यहाँ लुगा राख्ने छुट्टै ठाउँ होस् । भित्तामा न्यानो रङ होस् । कोठामा जतिबेर बस्दा पनि बोर नलागोस् ।
अनि बाथरुम नि ?
बाथरुम पनि ठूलो स्पेस भएको मन पर्छ । त्यहाँ ठूलो ऐना होस्, आवश्यक सामान जहाँको त्यहीँ राख्न मिलून्, कुनै झन्झट बेहोर्नु नपरोस् । नुहाउने ठाउँ अलि ठूलै होस् ।
पूरै घरको सजावटचाहि“ कस्तो हुनुपर्ला ?
सबै कोठामा इन्टेरियर डिजाइन गरेपछि सिङ्गो घरकै लागि भइहाल्छ नि, तर कम्तीमा बस्ने कोठा ठूलोचाहिँ बनाउनुपर्छ । भित्री सजावटअनुसार घरको बाहिरी लुकिङ पनि राम्रो हुनुपर्छ ।
गेस्टरुम डिजाइनबारे तपार्इंको सोच ?
गेस्ट कहिलेकाहीँ मात्र आउने भएकाले एउटा बेड, एउटा टेबुल र दराज भए काफी होला जस्तो लाग्छ ।
आफ्नो कोठालाई थप सजाउनेबारे सोच्नुभएको छ कि ?
धेरै पैसा भयो भने त धेरै राम्रो डिजाइन गर्ने सोच छ । ठूलो बेड अनि त्यसमा सेतो बेडसिट होस् । मलाई सबै सामान फर्निचरको मन पर्छ । बेडमा पनि हेडस्ट्यान्ड मन पर्छ । हेडस्ट्यान्डमा खण्ड–खण्ड छुट्याइएको चाहिँ मन पर्दैन । पर्दा नरम कपडाका होऊन् । बेडसाइडमा एउटा टेबल, त्यससँगै ‘ल्याम्प’ होस् । कोठामा धेरै सामानचाहिँ नहून् फेरि ।
प्रस्तुति ः विशाल राई

प्रतिक्रिया