ललितपुरमा उपत्यकाव्यापी फुटवल प्रतियोगिता सुरु

ललितपुर, ६ फागुन । ललितपुरमा आजदेखि उपत्याकाव्यापी अन्तर इन्जिनियरिङ्ग कलेज फुटबल प्रतियोगिता सुरु भएको छ । अखिल क्रान्तिकारी पुल्चोक इन्जिनियरिङ्ग कलेजले आयोजना गरेको प्रतियोगिताको शान्ति सत्य पहाडीले उद्घाटन गर्नुभएको छ ।
सहिद सप्ताहको अवसरमा आयोजित प्रतियोगितामा उपत्याकाका विभिन्न इन्जिनियरिङ्ग कलेजहरुका २० समूहको सहभागिता रहने छ । पुल्चोक इन्जिनियरिङ्ग कलेजको खेलमैदान पुल्चोक, ललितपुरमा चल्ने प्रतियोगिताको फाइनल खेल फागुन १४ गते हुने आयोजकहरुले जनाएका छन् ।

प्रतिक्रिया