गुच नयां ब्याटिङ प्रशिक्षक

एजेन्सी


दुबई,७ फागुन । पूर्वकप्तान तथा कुनै बेलाका एक सफलतम इङ्गलिस ब्याट्सम्यान ग्राहम गुच इङ्ग्ल्यान्ड क्रिकेट टिमका नयाँ ब्याटिङ प्रशिक्षक नियुक्त भएका छन् । उनी नोभेम्बर २००९ देखि वर्षमा एक सय दिन विशेष प्रशिक्षण दिने गरी करारमा सेवारत थिए । अब भने उनले आगामी मार्च ५ देखि भने पूर्णकालीन प्रशिक्षकका रुपमा काम गर्नेछन् ।
इङग्ल्यान्डले मार्चमा श्रीलङ्कामा र क्रिसमसअघि भारतमा टेस्ट शृङ्खलाहरू खेल्ने तयारी
गरिरहेको छ । गुचको यो आगमन हालै दुबाईमा इङ्ग्ल्यान्डले पाकिस्तानविरुद्ध तीन टेस्टको शृँखला ३–० ले नराम्ररी हार ब्यहोर्नु परेपछि भएको हो ।
दुबई शृङ्खलामा इङ्ग्ल्यान्डले केवल एकपटक मात्र तीन सयभन्दा बढी
रन बनाउन सक्यो भने चारपटक दुईसयभित्रै समेटिएको थियो । अझ अबु धाबीमा भएको दोस्रो टेस्टमा त केवल ७२ रनमै अलआउट भएको थियो ।
गुचले ११८ टेस्ट खेलेर २० शतक ४६ अर्धशतकसहित कुल ८९०० रन बनाएका थिए । उनी इङ्ग्ल्यान्डका लागि सबैभन्दा धेरै टेस्ट रन बनाउने खेलाडी पनि हुन् । ५८ वर्षीय ग्राहम गुचले बेलायती टिमका प्रशिक्षक एन्डी फ्लावर र प्रमुख ब्याटिङ प्रशिक्षक

प्रतिक्रिया