आज शिवरात्री, पशुपतिमा उल्लेख्य घुईचो

काठमाडौं, ८ फागुन । आज शिवरात्री पर्व । हिन्दूधमालम्वीहरुले भगवान शिवको भक्ति श्रद्धाका साथ पुजा आरधना गरि मनाउदैछन् । शिवरात्रीका अवसरमा पशुपतिनाथलगायत मुलुक भरी शिवका मन्दिरहरुमा दर्शनार्थीको उल्लेख्य घुईचो लागेको छ ।
पशुपति नाथको दर्शनका लागि भक्तजनले विहानैदेखि दर्शन सुरु गरेका छन् । पशुपतिनाथ मन्दिरका ढोका आज विहानै तीन वजेदेखि खोलिएका छन् । दर्शनार्थीलाई कम्तिमा आधा घण्टा भित्र दर्शन गरिसक्ने प्रावधान मिलाईएको पशुपति विकास कोषले जनाएको छ ।
शिवरात्रीका अवसरमा लाग्ने भिड व्यवस्थापन गर्न र सुरक्षाका लागि झण्डै ६ हजार सुरक्षाकर्मी र स्वयं सेवक परिचालन गरिएको छ । दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राखेर उपचार केन्द्र, खानेपानीको प्रवन्ध लगायतको व्यवस्थापनि गरिएको कोषले जनाएको छ ।
राजधानी बाहिर खोटाङको हलेसी, दाङको धारपानी, सुनसरीको बहारा क्षेत्र लगायतका स्थान र धार्मिक स्थलमा शिवको महिमा र भक्ति आरधनाका साथ मनाईदैछ । आजका दिन जागाराम बस्ने, शिवको प्रसादका रुपमा भाङ, गाँजा खाने समेत गरिन्छ ।

प्रतिक्रिया