आयोजना निर्माण गर्न सिनो हाइड्रो सहमत

भीम गौतम
काठमाडौ, ६ फागुन । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको सिभिल ठेक्का लिएर सम्झौता तोडेको चिनियाा कम्पनी सिनो हाइड्रो आयोजना निर्माण गर्न पुनः सहमत भएको छ ।
शनिबार नेपाल विद्युत् प्राधिकरणद्वारा गठित वार्ता टोली र सिनो हाइड्रो कम्पनीबीच भएको वार्तापछि कम्पनी पुनः काममा र्फकन तयार भएको हो । गत २५ पुसमा एकतर्फी रूपमा कम्पनीले सम्झौता तोडेपछि कुलेखानी तेस्रो जलविद्युत् निर्माण कार्य प्रभावित बनेको थियो ।
सम्झौता तोडेपछि धरौटी जफत बचाउका लागि कम्पनीले पुनरावेदन अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि प्राधिकरणले धरौटी जफतका लागि पत्र लेखेको थियो । निर्माणको ठेक्का लिादा कम्पनीले हिमालयन बैंकमा पााच करोड रुपैयाा धरौटी राखेको थियो । प्राधिकरणद्वारा गठित वार्ताटोली र चिनियाा पक्षबीचको छलफलपछि दुई साताभित्र कुलेखानी तेस्रो निर्माण कार्य सुचारु ग्ार्न सहमत भएको वार्ताटोलीका संयोजक मोहनराज पन्तले जानकारी दिए । ‘छिट्टै चिनियाा पक्षले मुद्दा फिर्ता लिने र दुई साताभित्र आयोजनाको काम सुचारु हुने सहमति भएको छ,’ उनले भने ।
उनका अनुसार दुई पक्षबीच भएको सहमति विद्युत् प्राधिकरणको बोर्ड बैठकले पारित गरेपछि लागू गरिनेछ । सहमतिअनुसार चिनियाा पक्षले आयोजना निर्माणका लागि थप ३८ महिना मागेकोमा ३० महिना थप्ने सहमति भएको छ । त्यसैगरी निर्माण सामग्रीको मूल्यवृद्धि, बन्द हड्ताललगायतका कारणले अवरोध भई तीन वर्षभित्र निर्माण अवधिमा करिब ८० करोड नोक्सानी भएको भन्दै त्यसको क्षतिपूर्ति मागेकोमा दुवै पक्षबीच पहिलाकै सम्झौताअनुसार काम अगाडि बढाउने सहमति भएको छ । पन्तका अनुसार ३० महिनाभित्र आयोजना निर्माण गरिसक्ने प्रतिबद्धता पनि चिनियाा पक्षले जनाएको छ । गत २१ मङ्सिरमा निर्माण सम्पन्न गर्नुपर्ने सो आयोजनाका लागि चिनियाा पक्षले थप समयको माग गरेपछि प्राधिकरणले थप आठ महिना समय थपेको थियो ।

प्रतिक्रिया