खोजखबर

ट्रक त्रिशुलीमा खस्यो

सौर्य अनलाइन २०६८ फागुन १६ गते ५:४८ मा प्रकाशित

चितवन, १६ फागुन । नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा आज बिहान ट्रक पल्टिदा चालकको मृत्यु भएको छ ।
बीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको १ ख ४९०३ नम्बरको ट्रक आज विहान कविलास गाविसको सिमलतालबाट १ सय मिटर तल त्रिशुली नदीमा खस्दा चालक बाबुराम बिकको मृत्यु भएको हो ।
मकवानपुरको हटिया गाविस वडा नम्वर ९, घर भएका ४१ वर्षीय चालक विकको शव भरतपुर अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय