काभ्रेका तामाङको साउदीमा मृत्यु

रियाद । साउदी अरबको दमामस्थित सफर जेलमा रहेका काभ्रे चण्डेनी वडा नम्वर ७ निवास २७ बषर्ीय चन्द्रबहादुर तामाङले आत्महत्या गरेका छन् ।
जेलको ट्वाईलेटभित्र झुण्डिएको अवस्थामा चन्द्रका शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीय साउदीको एक सानो व्यवसायमा काम गर्दै केरलाका सुपरभाईरको शोषण, दमन र अत्याचार सहन नसकी साउदी मालिकसमक्ष उजुरी गर्न जाादा बाटैमा साउदी प्रहरीले पक्राउ गरेर उनलाई जेलमा राखेको थियो । उनको साथमा साउदी वर्क प्रमिट नभएको उनी पक्राउ परेका थिए ।
घर परिवारको दुःख ढाक्न ऋण पीड सहन नसकि उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । घटना पछि जेलरले साउदी मालिक र नेपाली दूतावासका स्थानीय प्रतिनिधिलाई बोलाएर घटना बारे जानकारी गराउदै आआफ्नो जिम्मेवारी लिन अनुरोध गरेका थिए ।

प्रतिक्रिया