एथेलेटिक्समा प्रहरीको बर्चस्व

कैलाली, १५ फागुन । छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज बिहान भएका एथलेटिक्स् तर्फका खेलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका खेलाडीले बर्चश्व जमाएका छन् ।
धनगढीस्थित रंगशालामा भएका खेलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले एथलेटिक्स्का चार विधा मध्ये समान दुई÷दुई विधामा स्वर्ण जित्दै वर्चश्व जमाएका हुन् । सशस्त्र प्रहरीका अर्र्जुन ढकालले १० हजार मिटरमा स्वर्ण पदक हात पारे । उनले नेपाल प्रहरीका भूमीराज राई र विकास देसारलाई पछि पारेका थिए ।
हाइजम्प तर्फ भने नेपाल प्रहरीकी केशरी चौधरी पहिलो भइन । उनले १ दसमलब ४३ मिटर जमप गर्दै पहिलो स्वर्ण पदक हात पारेकी हुन् । पश्चिमान्चलकी प्रभा चौधरी दोस्रो भइन । उनले १ दसमलव चार सून्य मिटर जम्प गरेकी थिईन । तेस्रो स्थानमा सशस्त्रकी शिला चौधरीले चित्त बुझाईन ।
१५ सय मिटर दौडको पुरुषतर्फका खेलमा नेपाल पुलिसका सिद्धान्त अधिकारीले स्वर्ण पदक हात पारे । उनले ४ मिनेट सून्य नौ सेकेन्डमा दुरी पूरा गरेका थिए । दोस्रो स्थानमा सशस्त्र प्रहरीका लक्ष्मण मल्ल ठकुरीले दुरी पूरा गरे । उनले दुरी ५ मिनेट एक चार सेकेन्डमा पूरा गरेका थिए । तेस्रो स्थान पनि सशस्त्रको पोल्टामा परेको छ । सशस्त्रका आशनारायण चौधरी तेस्रो पदकमा चित्ता बुझाएका छन् ।
महिलातर्फका खेलमा भने सशस्त्र प्रहरीकी विन्द्रा श्रेष्ठले स्वर्ण पदक जितिन । उनले निर्धारित दुरी ५ मिनेट सून्य पाँच सकेण्डमापूरा गरेकी थिईन । पश्चिमान्चलकी लक्ष्मी पान्डेले ५ मिनेट नौ सेकेन्डमा दुरी पूरा गरेर रजत पदक जितिन । तेस्रो स्थानमा भने सशस्त्र प्रहरीकी गीता खत्रीले कास्य पदकमा चित्त बुझाइन ।

प्रतिक्रिया