तामाङ चलचित्र महोत्सव सुरू

हेटौडाः अधिकारका लागि एकता र एकताका लागि चलचित्र भन्ने मूल नाराका साथ हेटौडाको कर्रास्थित जेसिस भवनमा दोस्रो तामाङ चलचित्र महोत्सव सुरू भएको छ ।
विसं २०६८ का उत्कृष्ट पााच तामाङ चलचित्रहरू सुजन लामाको ‘केवा’, सुदीप दोङको ‘दोर्जे डन’ र अमिर दोङको ‘आसेना लाबा गल्ती’, जनक गुरूङको ‘कर्मला ग्यालम’, दोर्जे लामाको ‘हृयोरेम’ प्रदर्शन गरिने निर्देशक दीपेन्द्र दोङले बताए ।  प्रदर्शन गरिनेमध्ये उत्कृष्ट चलचित्रलाई मानध्वज लामा स्मृति प्रतिष्ठानका तर्फबाट ११ हजार एक सय ११ रुपियां पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवमा तामाङ चलचित्रको विकास र बजार विस्तारबारे पनि छलफल हुने तामाङ चलचित्र सङ्घका अध्यक्ष जेनिस दोङले बताए । महोत्सवमा तामाङसम्बन्धी खाना, वेशभूषा, पत्रपत्रिका तथा चलचित्र भिसिडीका स्टल पनि राखिएका छन् ।

प्रतिक्रिया